आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?

यहोवाका साक्षीहरू संसारभरि छन्‌। तिनीहरूको जातीय र सांस्कृतिक पृष्ठभूमि बेग्लाबेग्लै छ, तैपनि तिनीहरू एकताबद्ध छन्‌। यो कसरी सम्भव भएको होला?

परमेश्‍वरको इच्छा के हो?

आफ्नो इच्छा पृथ्वीभरिका सबै मानिसले थाह पाएको परमेश्‍वर चाहनुहुन्छ। त्यो इच्छा के हो अनि आज कसले यसबारे सिकाइरहेका छन्‌?

पाठ १

यहोवाका साक्षीहरू कस्ता मानिस हुन्‌?

तपाईँ कति जना यहोवाका साक्षीलाई चिन्‍नुहुन्छ? तपाईँलाई हामीबारे वास्तवमा के थाह छ?

पाठ २

हामीलाई किन यहोवाका साक्षीहरू भनिन्छ?

हामीले किन यो नाम अपनायौँ, तीन वटा कारण विचार गर्नुहोस्‌।

पाठ ३

बाइबल सत्य फेरि कसरी पत्ता लगाइयो?

बाइबलले सिकाउने कुरा आज हामीले सही तरिकामा बुझेका छौँ कि छैनौँ भनेर कसरी पक्का गर्न सक्छौँ?

पाठ ४

नयाँ संसार अनुवाद-को आवश्‍यकता किन पऱ्‍यो?

परमेश्‍वरको वचनको यो अनुवाद किन अरू अनुवादभन्दा फरक छ?

पाठ ५

हाम्रा ख्रिष्टियन सभाहरूमा तपाईँले कस्तो अनुभव गर्नुहुनेछ?

धर्मशास्त्रको अध्ययन गर्न र एकअर्कालाई प्रोत्साहन दिन हामी एक ठाउँमा भेला हुन्छौँ। त्यहाँ तपाईँलाई सबैले न्यानो स्वागत गर्नेछन्‌

पाठ ६

सङ्‌गी ख्रिष्टियनहरूसँगको सङ्‌गतिबाट हामीलाई कस्तो फाइदा हुन्छ?

परमेश्‍वरको वचन बाइबलले सङ्‌गी ख्रिष्टियनहरूसँग सङ्‌गत गर्नुपर्छ भनेर प्रोत्साहन दिएको छ। सङ्‌गी ख्रिष्टियनहरूसँगको यस्तो सङ्‌गतिबाट तपाईँलाई कस्तो फाइदा हुन्छ, थाह पाउनुहोस्‌।

पाठ ७

हाम्रा सभाहरूमा कस्ता कार्यक्रम हुन्छन्‌?

हाम्रा सभाहरूमा के-के हुन्छ भनेर के तपाईँले कहिल्यै सोच्नुभएको छ? त्यहाँ पाइने बाइबल शिक्षाको गुणस्तर देखेर तपाईँ पक्कै प्रभावित हुनुहुनेछ।

पाठ ८

हामी किन सुकिलो लुगा लगाएर अनि चिटिक्क परेर सभामा जान्छौँ?

हामी कस्तो लुगा लगाउँछौँ, के त्यसले परमेश्‍वरलाई केही फरक पार्छ? आफ्नो लुगा अनि कोरीबाटीको सन्दर्भमा कस्ता बाइबल सिद्धान्तहरू विचार गर्नुपर्छ, थाह पाउनुहोस्‌।

पाठ ९

सभाको लागि तयारी गर्ने सबैभन्दा राम्रो तरिका के हो?

सभाअघि नै राम्ररी तयारी गर्नुभयो भने सभाबाट पूरापूर लाभ उठाउन सक्नुहुनेछ।

पाठ १०

पारिवारिक उपासना भनेको के हो?

यो प्रबन्धले गर्दा कसरी परमेश्‍वरसित नजिक हुन सकिन्छ र पारिवारिक सम्बन्ध बलियो हुन्छ, पत्ता लगाउनुहोस्‌।

पाठ ११

हामी किन ठूलठूला जमघटमा उपस्थित हुन्छौँ?

प्रत्येक वर्ष हामी तीन वटा विशेष जमघटमा उपस्थित हुन्छौँ। यस्ता जमघटमा उपस्थित भएर तपाईँ कस्तो लाभ उठाउन सक्नुहुन्छ?

पाठ १२

हाम्रो प्रचारकार्यलाई व्यवस्थित बनाउन कस्तो प्रबन्ध गरिएको छ?

हामी येसुले पृथ्वीमा छँदा बसाल्नुभएको नमुना पछ्याउँछौँ। उहाँले प्रचार गर्न के-कस्ता तरिका चलाउनुभयो?

पाठ १३

अग्रगामी कसलाई भनिन्छ?

केही साक्षीहरू महिनामा ३०, ५० वा त्योभन्दा धेरै घण्टा प्रचारकार्यमा बिताउँछन्‌। तिनीहरूलाई कुन कुराले यसो गर्न उत्प्रेरित गर्छ?

पाठ १४

अग्रगामीहरूको लागि कस्तो तालिम उपलब्ध छ?

पूर्ण-समय प्रचार गर्नेहरूको लागि कस्तो विशेष तालिमको प्रबन्ध गरिन्छ?

पाठ १५

एल्डरहरूले मण्डलीको लागि के-के गर्छन्‌?

एल्डरहरू परमेश्‍वरसित बलियो सम्बन्ध गाँसेका परिपक्व पुरुषहरू हुन्‌। उनीहरूले मण्डलीमा नेतृत्व लिन्छन्‌। उनीहरूले कस्तो मदत दिन्छन्‌?

पाठ १६

सहायक सेवकहरूले के-के गर्छन्‌?

मण्डलीका सबै काम सुचारु रूपले चलाउन सहायक सेवकहरूले मदत गर्छन्‌। तिनीहरूको कामले मण्डलीमा उपस्थित हुने सबैलाई कसरी लाभ पुऱ्‍याउँछ, थाह पाउनुहोस्‌।

पाठ १७

क्षेत्रीय निरीक्षकहरू हामीलाई कसरी मदत गर्छन्‌?

क्षेत्रीय निरीक्षकहरूले किन मण्डलीहरूको भ्रमण गर्छन्‌? तिनीहरूको भ्रमणबाट तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ?

पाठ १८

सङ्‌कष्टमा परेका दाजुभाइ दिदीबहिनीलाई हामी कसरी मदत गर्छौँ?

प्राकृतिक प्रकोप आइपर्दा त्यसबाट प्रभावित व्यक्‍तिहरूलाई राहत दिन अनि बाइबलबाट सान्त्वना दिन हामी तुरुन्तै प्रबन्ध मिलाउँछौँ। कुन तरिकामा?

पाठ १९

विश्‍वासी र बुद्धिमान्‌ दास को हो?

येसुले समय सुहाउँदो भोजनको प्रबन्ध गर्न दास नियुक्‍त गर्ने प्रतिज्ञा गर्नुभएको थियो। यो काम कसरी गरिन्छ?

पाठ २०

अहिले परिचालक निकायले कसरी काम गर्छ?

प्रथम शताब्दीमा एल्डरहरू अनि प्रेषितहरूको सानो समूहले परिचालक निकायको रूपमा काम गर्थ्यो। आज नि?

पाठ २१

बेथेल भनेको के हो?

बेथेल अरू ठाउँहरूभन्दा भिन्‍नै छ। यसको एउटा महत्त्वपूर्ण उद्देश्‍य छ। बेथेलमा कसले सेवा गर्छन्‌, थाह पाउनुहोस्‌।

पाठ २२

शाखा कार्यालयमा कस्तो काम गरिन्छ?

हाम्रा शाखा कार्यालयहरूमा तपाईँ घुम्न जान सक्नुहुन्छ। एकचोटि आफै गएर हेर्नुभए कसो होला?

पाठ २३

हाम्रा लेखहरू लेख्ने र अनुवाद गर्ने काम कसरी हुन्छ?

हामी ९०० भन्दा धेरै भाषामा पत्र-पत्रिका तथा पुस्तक-पुस्तिकाहरू तयार गर्छौँ। हामी किन यत्तिको प्रयास गर्छौँ?

पाठ २४

हाम्रो विश्‍वव्यापी कार्यको लागि कसरी खर्च जुटाइन्छ?

आर्थिक मामिलामा हाम्रो सङ्‌गठन अरू धार्मिक सङ्‌गठनहरूभन्दा कसरी भिन्‍न छ?

पाठ २५

हामी किन र कसरी राज्यभवन निर्माण गर्छौँ?

उपासना गर्नको लागि भेला हुने ठाउँलाई हामी किन राज्यभवन भन्छौँ? हामीलाई एक ठाउँमा भेला हुन यी साधारण किसिमका राज्यभवनहरूले कसरी मदत पुऱ्‍याएको छ, थाह पाउनुहोस्‌।

पाठ २६

राज्यभवनको स्याहारसम्भार गर्न हामी कसरी सघाउन सक्छौँ?

स्याहारसम्भार गरेर चिटिक्क राखिएको राज्यभवनले परमेश्‍वरको महिमा गर्छ। स्थानीय राज्यभवनको देखभाल गर्न कस्तो प्रबन्ध मिलाइएको हुन्छ?

पाठ २७

राज्यभवनमा भएको पुस्तकालयको हामी कसरी सदुपयोग गर्न सक्छौँ?

के तपाईँ बाइबलबारे अझ धेरै ज्ञान हासिल गर्नका लागि थप अनुसन्धान गर्न चाहनुहुन्छ? त्यसोभए हाम्रो राज्यभवनको पुस्तकालयमा आएर अनुसन्धान गर्नुभए कसो होला?

पाठ २८

हाम्रो वेबसाइटमा कस्ता जानकारी पाउन सकिन्छ?

यस वेबसाइटबाट तपाईँले हाम्रो बारेमा अनि हाम्रो विश्‍वासको बारेमा मात्र होइन तर बाइबलसम्बन्धी विभिन्‍न प्रश्‍नहरूको जवाफ पनि पाउन सक्नुहुन्छ।

के तपाईँ यहोवाको इच्छाअनुसार चल्न चाहनुहुन्छ?

यहोवा परमेश्‍वर तपाईँलाई असाध्यै माया गर्नुहुन्छ। परमेश्‍वरलाई खुसी पार्न चाहेको कुरा तपाईँ आफ्नो दैनिक जीवनमा कसरी देखाउन सक्नुहुन्छ?