सीधै सामग्रीमा जाने

के यहोवाका साक्षीहरू प्रोटेस्टेन्ट हुन्‌?

के यहोवाका साक्षीहरू प्रोटेस्टेन्ट हुन्‌?

 अहँ होइनन्‌। यहोवाका साक्षीहरू ख्रीष्टियन हुन्‌, उनीहरू प्रोटेस्टेन्ट होइनन्‌। किन?

 रोमन क्याथोलिक चर्चमा सुधार गर्नको लागि आन्दोलन गर्नेहरूलाई प्रोटेस्टेन्ट भनिन्छ। हुन त प्रोटेस्टेन्टहरूजस्तै यहोवाका साक्षीहरू पनि क्याथोलिक चर्चको शिक्षासित सहमत छैनन्‌ तर त्यसको मतलब तिनीहरू प्रोटेस्टेन्ट होइनन्‌। यसका दुइटा कारण यसप्रकार छन्‌:

  1.  १. प्रोटेस्टेन्ट धर्मले सिकाउने कुराहरू बाइबलसित मेल खाँदैन। जस्तै: प्रोटेस्टेन्ट धर्मले त्रिएकको शिक्षा सिकाउँछ तर बाइबलमा “परमेश्‍वर एक जना हुनुहुन्छ” भनेर बताइएको छ। (१ तिमोथी २:५; यूहन्‍ना १४:२८) त्यस धर्मले नरकको शिक्षा सिकाउँछ। बाइबलमा परमेश्‍वरले खराब मानिसहरूलाई सदाको लागि नरकमा सास्ती दिनुहुन्छ भनेर बताइएको छैन। तर त्यस्ता मानिसहरूलाई सधैंको लागि नाश गरिनेछ भनेर बताइएको छ।—भजन ३७:९; २ थिस्सलोनिकी १:९.

  2.  २. हामी क्याथोलिक अनि अरू धर्मको विरोध गर्दैनौं न त तिनीहरूको सुधार गर्न खोज्छौं। हामी मानिसहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्छौं। उनीहरूलाई परमेश्‍वरको सन्देश सत्य हो भनेर विश्‍वास दिलाउन सक्दो प्रयास गर्छौं। (मत्ती २४:१४; २८:१९, २०) हामी अरू कसैको धर्ममा सुधार गर्ने कोसिस गर्दैनौं। बरु सिक्न चाहने व्यक्‍तिहरूलाई परमेश्‍वर र उहाँको वचन बाइबलबारे सत्य कुरा सिकाउँछौं।—कलस्सी १:९, १०; २ तिमोथी २:२४, २५.