सीधै सामग्रीमा जाने

के परमेश्‍वर त्रिएकको भाग हुनुहुन्छ?

के परमेश्‍वर त्रिएकको भाग हुनुहुन्छ?

बाइबलको जवाफ

 चर्च जगत्‌का थुप्रै गुटले परमेश्‍वर त्रिएकको भाग हुनुहुन्छ भनेर सिकाउँछ। यस विषयमा दी इन्साइक्लोपीडीया ब्रिटानिका यसो भन्छ: “नयाँ नियममा न त त्रिएक शब्द न त्यसको सिद्धान्त नै पाइन्छ . . . यो शिक्षा शताब्दियौंको दौडान थुप्रै वादविवाद पछि उत्पन्‍न भएको थियो।”

 वास्तवमा परमेश्‍वर त्रिएकको भाग हुनुहुन्छ भनेर बाइबलमा कतै बताइएको छैन। बाइबलका यी पदहरू विचार गर्नुहोस्‌:

 “परमप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ!”—व्यवस्था ६:४.

 “हे यहोवा हाम्रा परमेश्‍वर, तपाईं महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ, किनकि तपाईंले नै सबै थोक सृष्टि गर्नुभयो र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”—प्रकाश ४:११.

 “अनन्त जीवन पाउन तिनीहरूले तपाईं एक मात्र साँचो परमेश्‍वरको अनि तपाईंले पठाउनुभएको येशू ख्रीष्टको ज्ञान लिइरहनुपर्छ।”—यूहन्‍ना १७:३.

 “यहोवा हाम्रा परमेश्‍वर एक मात्र यहोवा हुनुहुन्छ।”—मर्कूस १२:२९.

 चर्च जगत्‌का थुप्रै गुटले परमेश्‍वर त्रिएकको भाग हुनुहुन्छ भनेर किन सिकाउँछ?