सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येसुको बलिदानबाट लाभ उठाउनुहोस्‌

येसुको बलिदानबाट लाभ उठाउनुहोस्‌

 संसारभरका यहोवाका साक्षीहरू र तिनीहरूले निम्तो दिएका लाखौँ मानिस येसुको आज्ञाअनुसारै उहाँको मृत्युको स्मरणार्थ मनाउन वर्षको एक चोटि भेला हुन्छन्‌। (लुका २२:१९) यस समारोहले मानिसजातिको लागि येसुले दिनुभएको बलिदानको महत्त्व बुझ्न र त्यसको लागि कृतज्ञ हुन मदत गर्छ। साथै यसले उहाँको बलिदानले अहिले र भविष्यको लागि कस्तो अर्थ राख्छ भनेर बुझ्न पनि मदत गर्छ।—युहन्‍ना ३:१६.

 तपाईँ यस वर्षको स्मरणार्थमा उपस्थित हुनुभएको होस्‌ वा नहोस्‌, येसुको बलिदानबाट लाभ उठाउन सक्नुहुन्छ। कसरी? यसको लागि यी दुई वटा महत्त्वपूर्ण काम गर्नुपर्छ भनेर येसुले सिकाउनुभयो:

  1.  १. परमेश्‍वर र येसुबारे सिक्नुपर्छ। येसुले स्वर्गमा हुनुहुने आफ्नो बुबालाई प्रार्थना गर्नुहुँदा यसो भन्‍नुभयो: “अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्‍नुपर्छ।”—युहन्‍ना १७:३.

  2.  २. सिकेको कुरा लागू गर्नुहोस्‌। येसुले उहाँको शिक्षा जीवनमा लागू गर्नुपर्छ भनेर जोड दिनुभयो। उदाहरणको लागि, प्रख्यात डाँडाको उपदेशको अन्तमा उहाँले आफ्नो ‘वचन सुन्‍ने अनि त्यसअनुसार गर्ने’ मानिसहरूको प्रशंसा गर्नुभयो। (लुका ६:४६-४८) त्यसैगरि अर्को एक पटक उहाँले यसो भन्‍नुभयो: “तिमीहरूलाई यी कुराहरू थाह छ अनि यदि तिमीहरू यी कुराहरू गर्छौ भने आनन्दित हौ।”—युहन्‍ना १३:१७.

 के तपाईँ परमेश्‍वर र येसुबारे अझै सिक्न चाहनुहुन्छ? के तपाईँ सिकेको कुरा कसरी लागू गर्ने भनेर बुझ्न चाहनुहुन्छ? तपाईँ यी प्रबन्धहरूबाट मदत पाउन सक्नुहुन्छ:

बाइबल अध्ययन

 निश्‍शुल्क बाइबल अध्ययनको प्रबन्धले थुप्रैलाई बाइबल जाँच्न र सिकेको कुरा जीवनमा लागू गर्न मदत गरेको छ।

यहोवाका साक्षीहरूको सभा

 यहोवाका साक्षीहरू हप्ताको दुई चोटि तिनीहरूको उपासनास्थलमा भेला हुन्छन्‌, जसलाई सभाभवन भनिन्छ। यी सभाहरूमा बाइबलबाटै सिकाइन्छ अनि सिकेको कुरा जीवनमा कसरी लागू गर्ने भनेर छलफल गरिन्छ।

 हाम्रा सभाहरूमा जो-कोही पनि आउन सक्छन्‌। सभामा उपस्थित हुन तपाईँ यहोवाको साक्षी हुनुपर्छ भन्‍ने छैन। तपाईँ सभाभवनमा उपस्थित हुने कि भिडियो कन्फरेन्समार्फत, स्थानीय परिस्थितिअनुसार आफै रोज्न सक्नुहुन्छ।

  •   हाम्रा सभाहरूबारे थाह पाउन सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियो हेर्नुहोस्‌।

अनलाइन लेख तथा भिडियोहरू

 यस वेबसाइटमा भएका लेख तथा भिडियोहरूले तपाईँलाई येसुले सिकाउनुभएका कुराहरू र उहाँको बलिदानको महत्त्व अझ राम्ररी बुझ्न मदत गर्छ।

 उदाहरणको लागि, एक जना मानिसको मृत्युले गर्दा कसरी लाखौँले लाभ उठाउन सक्छन्‌ भनेर बुझ्न “येसुले कसरी मानिसहरूको उद्धार गर्नुहुन्छ?” लेख र सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ २७ पढ्‌नुहोस्‌ वा येसु किन मर्नुभयो? भिडियो हेर्नुहोस्‌।