सीधै सामग्रीमा जाने

हाम्रो भविष्य कस्तो होला?

हाम्रो भविष्य कस्तो होला?

तपाईँको विचारमा . . .

  • यस्तै रहनेछ?

  • अझै खराब हुनेछ?

  • राम्रो हुनेछ?

पवित्र शास्त्र के भन्छ?

“परमेश्‍वर[ले] . . . तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४, नयाँ संसार अनुवाद।

यदि त्यसो हो भने तपाईँको भविष्य कस्तो हुनेछ?

अर्थपूर्ण र सन्तोषजनक काम पाउनुहुनेछ।—यसैया ६५:२१-२३.

रोगबिमार र दुःखकष्टबाट मुक्‍त हुनुहुनेछ।—यसैया २५:८; ३३:२४.

परिवार र साथीभाइसित सधैँभरि सुखमय जीवन बिताउन पाउनुहुनेछ।—भजन ३७:११, २९.

के यस प्रतिज्ञामा विश्‍वास गर्न सकिन्छ?

अवश्‍य। कम्तीमा दुई वटा कारण विचार गर्नुहोस्‌:

  • परमेश्‍वर आफ्नो प्रतिज्ञा पूरा गर्न सक्नुहुन्छ। यहोवा परमेश्‍वरसित अपार शक्‍ति भएकोले पवित्र शास्त्रमा उहाँलाई मात्र “सर्वशक्‍तिमान्‌” भनिएको छ। (प्रकाश १५:३) त्यसैले संसारको अवस्था सुधार्ने आफ्नो प्रतिज्ञा उहाँले पूरा गर्न सक्नुहुन्छ कि सक्नुहुन्‍न भनेर शङ्‌का गर्ने ठाउँ नै छैन। “परमेश्‍वरको लागि . . . सबै कुरा सम्भव छ” भनेर पवित्र शास्त्र बताउँछ।—मत्ति १९:२६.

  • परमेश्‍वर आफ्नो प्रतिज्ञा पूरा गर्न इच्छुक हुनुहुन्छ। उदाहरणको लागि, मरिसकेका मानिसहरूलाई फेरि जीवित पार्न यहोवा “तीव्र इच्छा” गर्नुहुन्छ।—अय्युब १४:१४, १५.

    परमेश्‍वरको छोरा येसुले रोगीहरूलाई निको पार्नुभयो भनेर पनि पवित्र शास्त्र बताउँछ। उहाँले किन त्यसो गर्नुभयो? किनकि उहाँ त्यसो गर्न इच्छुक हुनुहुन्थ्यो। (मर्कुस १:४०, ४१) येसु आफ्नो बुबाजस्तै खाँचोमा परेकाहरूलाई मदत गर्न इच्छुक हुनुहुन्थ्यो।—युहन्‍ना १४:९.

    त्यसैले हामी यस कुरामा ढुक्क हुन सक्छौँ: यहोवा परमेश्‍वर र येसु दुवै जना हाम्रो भविष्य सुखमय होस्‌ भन्‍ने चाहनुहुन्छ।—भजन ७२:१२-१४; १४५:१६; २ पत्रुस ३:९.

यसबारे सोच्नुहोस्‌

परमेश्‍वरले संसारको अवस्था कसरी सुधार्नुहुनेछ?

मत्ति ६:९, १०दानिएल २:४४ मा पवित्र शास्त्रले यस प्रश्‍नको जवाफ दिएको छ।