सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल प्रश्नहरूको जवाफ

बाइबल प्रश्नहरूको जवाफ

छोराछोरीले कसरी ईश्वरलाई माया गर्न सिक्न सक्छन्‌?

सृष्टिका कुराहरूबारे बताएर ईश्वरलाई चिन्न र माया गर्न छोराछोरीलाई सिकाउनुहोस्

छोराछोरीले ईश्वर वास्तवमै हुनुहुन्छ र तिनीहरूलाई माया गर्नुहुन्छ भन्ने कुराको ठोस प्रमाण पाएमा मात्र ईश्वरलाई माया गर्न सिक्नेछन्‌। यसो गर्न तिनीहरूले ईश्वरलाई चिन्नुपर्छ। (१ यूहन्ना ४:८) उदाहरणको लागि, तिनीहरूले यी प्रश्नहरूको जवाफ थाह पाउनु आवश्यक छ: ईश्वरले कुन उद्देश्यले मानिस सृष्टि गर्नुभयो? ईश्वरले किन दुःखकष्ट हटाउनुहुन्न? ईश्वरले भविष्यमा मानिसहरूका लागि के गर्नुहुनेछ?—फिलिप्पी १:९ पढ्नुहोस्।

ईश्वरलाई माया गर्न छोराछोरीलाई सिकाउने हो भने पहिला तपाईं आफैले उहाँलाई माया गरेको देखाउनु आवश्यक छ। यसो गर्नुभयो भने तिनीहरूले तपाईंको उदाहरण अनुकरण गर्नेछन्‌।व्यवस्था ६:५-७; हितोपदेश २२:६ पढ्नुहोस्।

तपाईं कसरी छोराछोरीको मनसम्म पुग्न सक्नुहुन्छ?

ईश्वरको वचन शक्तिशाली छ। (हिब्रू ४:१२) त्यसैले आफ्ना छोराछोरीलाई ईश्वरको वचनका मुख्य-मुख्य शिक्षाहरू बुझ्न मदत गर्नुहोस्। येशूले मानिसहरूको मनसम्म पुग्न प्रश्न सोध्नुभयो, तिनीहरूको कुरा ध्यान दिएर सुन्नुभयो र शास्त्रपदको व्याख्या गर्नुभयो। छोराछोरीको मनसम्म पुग्न तपाईंले येशूको सिकाउने तरिका अनुकरण गर्न सक्नुहुन्छ।लूका २४:१५-१९, २७, ३२ पढ्नुहोस्।

साथै ईश्वरले कसरी मानिसहरूसित व्यवहार गर्नुहुन्छ भनेर देखाउने बाइबल विवरणहरूबाट पनि छोराछोरीले ईश्वरलाई चिन्न र माया गर्न सिक्नेछन्‌। यसै उद्देश्यको लागि तयार पारिएका प्रकाशनहरू www.pr418.com /ne मा उपलब्ध छ।२ तिमोथी ३:१६ पढ्नुहोस्।