सीधै सामग्रीमा जाने

के परमेश्‍वर कुनै भावना नभएको शक्‍ति हुनुहुन्छ?

के परमेश्‍वर कुनै भावना नभएको शक्‍ति हुनुहुन्छ?

बाइबलको जवाफ

 हामी ब्रह्‍माण्डको चारैतिर परमेश्‍वरको अथाह शक्‍ति देख्न सक्छौं। परमेश्‍वरले सृष्टि गर्नुभएका खरबौं ताराहरूबारे बाइबल यसो भन्छ: “तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्‌? उहाँले नै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै ल्याउनुहुन्छ। उहाँको शक्‍तिको बडप्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै पनि हराउनेछैन।”—यशैया ४०:२५, २६.

 परमेश्‍वर केवल शक्‍ति मात्र हुनुहुन्‍न। परमेश्‍वरसँग प्रेम र घृणाजस्ता भावनाहरू छन्‌ भनी बाइबलमा बताइएको छ। (भजन ११:५; यूहन्‍ना ३:१६) मानिसले गर्ने व्यवहारले परमेश्‍वरको भावनालाई असर गर्छ भनेर पनि यसमा बताइएको छ।—भजन ७८:४०, ४१.