सीधै सामग्रीमा जाने

के यहोवाका साक्षीहरू येशूमा विश्‍वास गर्छन्‌?

के यहोवाका साक्षीहरू येशूमा विश्‍वास गर्छन्‌?

 हो, हामी येशूमा विश्‍वास गर्छौं। उहाँले यसो भन्‍नुभएको थियो: “बाटो, सत्य र जीवन मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।” (यूहन्‍ना १४:६) येशू स्वर्ग छोडेर यस पृथ्वीमा आउनुभयो र छुडौतीको बलिदान स्वरूप आफ्नो त्रुटिरहित मानव शरीर अर्पण गर्नुभयो भनेर हामी विश्‍वास गर्छौं। (मत्ती २०:२८) उहाँको मृत्यु र पुनर्जीवनले गर्दा उहाँमाथि विश्‍वास गर्ने हरेकले अनन्त जीवन पाउन सम्भव भयो। (यूहन्‍ना ३:१६) येशू अहिले परमेश्‍वरको स्वर्गीय राज्यको राजा हुनुहुन्छ र चाँडै नै त्यस राज्यले यस पृथ्वीमा शान्ति ल्याउनेछ भनेर पनि हामी विश्‍वास गर्छौं। (प्रकाश ११:१५) तर हामी येशूले भनेको यो कुरा पनि मानिलिन्छौं: “मभन्दा बुबा महान्‌ हुनुहुन्छ।” (यूहन्‍ना १४:२८) त्यसैले हामी येशूको उपासना गर्दैनौं किनकि उहाँ सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्‍न भनेर हामीले बुझेका छौं।