सीधै सामग्रीमा जाने

के बाइबलमा समलिङ्‌गी विवाहबारे बताइएको छ?

के बाइबलमा समलिङ्‌गी विवाहबारे बताइएको छ?

बाइबलको जवाफ

 मानव सरकारहरूले विभिन्‍न नियमहरू बनाउनु अघि नै हाम्रो सृष्टिकर्ताले विवाहसम्बन्धी नियम दिइसक्नुभएको थियो। बाइबलको सुरुको किताबमा यस्तो लेखिएको छ: “पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ र तिनीहरू एउटै शरीर हुन्छन्‌।” (उत्पत्ति २:२४) एउटा शब्दकोशमा a “पत्नी”-को लागि चलाइएको हिब्रू शब्दले स्त्री जातिलाई बुझाउँछ भनेर स्पष्ट बताइएको छ। येसुले पनि विवाह ‘पुरुष र स्त्रीबीच’ मात्र हुनुपर्छ भनेर जोड दिनुभयो।—मत्ति १९:४.

 त्यसैले परमेश्‍वर विवाह एक जना पुरुष र एक स्त्रीबीचको स्थायी बन्धन होस्‌ भन्‍ने चाहनुहुन्थ्यो। पुरुष र स्त्रीलाई एकअर्काको सहयोगीको रूपमा बनाइएको छ, त्यसैले उनीहरूले एकअर्काको भावनात्मक र यौनइच्छा पूरा गर्नुका साथै छोराछोरी जन्माउन सक्छन्‌।

a Vine’s Expository Dictionary of Biblical Words