सीधै सामग्रीमा जाने

कुनै धार्मिक सङ्‌गठनको सदस्य हुनैपर्छ र?

कुनै धार्मिक सङ्‌गठनको सदस्य हुनैपर्छ र?

बाइबलको जवाफ

 हो, हुनु आवश्‍यक छ। किनभने हामी उपासनाको लागि एक ठाउँमा भेला भएको परमेश्‍वर चाहनुहुन्छ। बाइबल भन्छ: “आपसमा गहिरो चासो राखेर हामी एक-अर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔं, कसै-कसैलाई बानी परेजस्तै हामी एक ठाउँमा भेला हुन नछोडौं।”—हिब्रू १०:२४, २५.

 येशूले यसो भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (यूहन्‍ना १३:३५) येशूको यो भनाइबाट उहाँका चेलाहरूले एउटा व्यवस्थित समूह बनाउने थिए भन्‍ने कुरा थाह पाउन सक्छौं। यस्तो प्रेम देखाउन चेलाहरू सङ्‌गी उपासकहरूसित समूह-समूहमा भेला भएर परमेश्‍वरको उपासना गर्नुपर्थ्यो। (१ कोरिन्थी १६:१९) अनि यी समूहहरू मिलेर एउटा अन्तरराष्ट्रिय परिवार बन्‍ने थियो।—१ पत्रुस २:१७.

सदस्य बनेर मात्र पुग्दैन

 बाइबलले परमेश्‍वरको उपासना गर्न एक ठाउँमा भेला हुनुपर्छ भनेर सिकाएको छ तर कुनै धर्मको सदस्य हुँदैमा परमेश्‍वरलाई खुसी बनाउन सकिन्छ भन्‍ने कुरा चाहिं सिकाउँदैन। परमेश्‍वरलाई खुसी बनाउन हामी प्रत्येकले सिकेका कुराहरू आफ्नो जीवनशैलीमा लागू गर्नुपर्छ। उदाहरणको लागि, बाइबल भन्छ: “हाम्रा परमेश्‍वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्‌कष्टमा हेरविचार गर्नु अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।”—याकूब १:२७.