सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

panitan/stock.adobe.com

स्मरणार्थ अभियान

येसुले गरिबी नामेट पार्नुहुनेछ

येसुले गरिबी नामेट पार्नुहुनेछ

 पृथ्वीमा हुनुहुँदा येसुले मानिसहरूलाई अपार प्रेम देखाउनुभयो। विशेषगरि उहाँले गरिब र दुःखमा परेकाहरूलाई प्रेम गर्नुहुन्थ्यो। (मत्ति ९:३६) उहाँले मानिसहरूको खातिर आफ्नो ज्यान समेत अर्पण गर्नुभयो। (मत्ति २०:२८; युहन्‍ना १५:१३) चाँडै उहाँले परमेश्‍वरको राज्यको राजाको रूपमा आफ्नो अख्तियार र शक्‍ति प्रयोग गर्दै पृथ्वीभरिको गरिबी हटाउनुहुनेछ।

 बाइबलमा येसुले भविष्यमा गर्नुहुने कुराबारे बताइएको छ:

  •   “तिनले दीनदुःखीको रक्षा गरून्‌, गरिबका सन्तानलाई बचाऊन्‌ अनि धोकेबाजहरूलाई चकनाचुर पारून्‌।”—भजन ७२:४.

 येसुले हाम्रो लागि गर्नुभएको त्याग र चाँडै भविष्यमा गर्नुहुने कामको लागि हामी कसरी कृतज्ञता देखाउन सक्छौँ? लुका २२:१९ मा येसुले आफ्ना अनुयायीहरूलाई उहाँको मृत्युको सम्झना गर्न भन्‍नुभयो। त्यसैले हरेक वर्ष येसुको मृत्युको सम्झना गर्न यहोवाका साक्षीहरू एकसाथ भेला हुन्छन्‌। हामी तपाईँलाई आइतबार, मार्च २४, २०२४ को दिन यस महत्त्वपूर्ण अवसरमा उपस्थित हुन निम्तो दिन्छौँ।

स्मरणार्थ कार्यक्रम हुने ठाउँ खोज्ने