सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Left: Yasser Qudaih/Anadolu via Getty Images; right: RONALDO SCHEMIDT/AFP via Getty Images

जागा रहो!

युद्ध कहिले रोकिएला?—यसबारे बाइबल के भन्छ?

युद्ध कहिले रोकिएला?—यसबारे बाइबल के भन्छ?

 सन्‌ २०२४, अप्रिल १३ शनिबार, इजरायलमा भएको हमलाबारे संयुक्‍त राष्ट्र सङ्‌घका महासचिव एन्टोनियो गुटेरेसले यसो भने, “यस्तो अवस्थामा भइरहेको तनाव र खतरा कम गर्ने समय अहिल्यै हो। हामीले नआत्तिकन निर्णय गर्नुपर्छ।”

 मध्यपूर्वमा चलिरहेको युद्ध संसारभरि भइरहेका घटनाहरूको सानो अंश मात्र हो।

 “दोस्रो विश्‍वयुद्धदेखि यता सबैभन्दा धेरै कलह अनि युद्ध अहिलेको समयमा नै भइरहेको छ। यी युद्धहरूबाट विश्‍व जनसङ्‌ख्याकै एक चौथाइ अर्थात्‌ दुई अरब मानिसहरू प्रभावित छन्‌।”—संयुक्‍त राष्ट्र सुरक्षा परिषद्‌, जनवरी २६, २०२३.

 इजरायल, गाजा, सिरिया, अजरबैजान, युक्रेन, सुडान, इथियोपिया, नाइजर, म्यानमार अनि हाइटीलगायत अन्य ठाँउहरूमा युद्धले ठूलो असर पुऱ्‍याएको छ। a

 युद्ध कहिले रोकिएला? के विश्‍वका शासकहरूले शान्ति ल्याउन सक्लान्‌? यसबारे बाइबल के भन्छ?

विश्‍वभरि भइरहेको युद्ध

 संसारमा भइरहेको द्वन्द्वले युद्धको अन्त हुने समय नजिकै छ भन्‍ने कुराको सङ्‌केत गर्छ। यी युद्धहरूले हामी बाँचिरहेको समयबारे गरिएको भविष्यवाणीको पूर्ति गर्छ। बाइबलमा हाम्रो समयलाई “यस युगको आखिरी समय” भनिएको छ।—मत्ति २४:३.

  •   “तिमीहरूले युद्धको कोलाहल अनि युद्धको खबर सुन्‍नेछौ . . . किनकि जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ।”—मत्ति २४:६, ७.

 अहिले भइरहेको युद्ध बाइबल भविष्यवाणीको पूर्ति हो भनेर बुझ्न “‘अन्तको दिन’ वा ‘अन्तको समय’-को चिन्ह के हो?” लेख पढ्‌नुहोस्‌।

सबै युद्ध अन्त गर्न लडिने लडाइँ

 बाइबलमा मानव युद्धको अन्त हुनेछ भनेर भविष्यवाणी गरिएको छ। कसरी? मानिसको शक्‍तिले गर्दा नभई भविष्यमा हुने “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँ” अर्थात्‌ आरमागेडोनको युद्धले गर्दा। (प्रकाश १६:१४, १६) यस युद्धपछि परमेश्‍वरले चिरकालीन शान्ति स्थापना गर्नुभएर मानिसजातिसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहुनेछ।—भजन ३७:१०, ११, २९.

 आरमागेडोनको युद्धले सबै मानव युद्धको अन्त गर्नेछ। यसबारे थप कुरा बुझ्न “आरमागेडोनको युद्ध भनेको के हो?” लेख पढ्‌नुहोस्‌।

a ACLED Conflict Index, “Ranking violent conflict levels across the world,” January 2024