सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू किन ढोका-ढोकामा गएर प्रचार गर्छन्‌?

यहोवाका साक्षीहरू किन ढोका-ढोकामा गएर प्रचार गर्छन्‌?

 येशूले आफ्ना चेलाहरूलाई “सबै जातिका मानिसहरूलाई चेला बनाओ” भन्‍नुभएको थियो। (मत्ती २८:१९, २०) येशूले आफ्ना सुरु-सुरुका चेलाहरूलाई प्रचार गर्न पठाउँदा मानिसहरूको घर-घरमा जानु भनेर निर्देशन दिनुभएको थियो। (मत्ती १०:७, ११-१३) येशूको मृत्यु भइसकेपछि पनि प्रथम शताब्दीका ख्रीष्टियनहरूले “जनसमक्ष र घरघरमा” प्रचार गरी नै रहे। (प्रेषित ५:४२; २०:२०) हामी प्रथम शताब्दीका ख्रीष्टियनहरूको अनुकरण गर्छौं। ढोका-ढोकामा गएर प्रचार गर्ने तरिका मानिसहरूलाई भेट्‌ने एउटा एकदमै राम्रो तरिका हो भनेर हामीले अनुभव गरेका छौं।