सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू अर्कै धर्म मान्‍ने मान्छेकहाँ पनि किन जान्छन्‌?

यहोवाका साक्षीहरू अर्कै धर्म मान्‍ने मान्छेकहाँ पनि किन जान्छन्‌?

 अर्कै धर्म मान्‍ने मान्छेले पनि बाइबलका विषयहरूमा छलफल गर्दा निकै रमाइलो मानेको हामीले पाएका छौं। सबैले आ-आफ्नो इच्छाअनुसारको धर्म मान्‍न पाउँछन्‌ अनि निश्‍चय पनि हामी त्यस्तो अधिकारको कदर गर्छौं। साथै, हामी जबरजस्ती अरूलाई आफ्नो सन्देश पनि सुनाउँदैनौं।

 अरूसित धर्मको विषयमा छलफल गर्दा हामी बाइबलमा लेखिएझैं “कोमल भाव र गहिरो आदर” देखाउँदै कुरा गर्छौं। (१ पत्रुस ३:१५) हाम्रो सन्देश सबैले स्वीकार्दैनन्‌ भनेर हामीलाई थाह छ। (मत्ती १०:१४) तर कुरै नगरीकन कुन मान्छेले कस्तो प्रतिक्रिया देखाउँछ, कसरी थाह पाउन सकिन्छ र? मानिसहरूको परिस्थिति सधैं एउटै हुँदैन भनेर पनि हामीले अनुभव गरेका छौं।

 जस्तै: कोही मानिस कहिलेकाहीं एकदमै व्यस्त हुन्छन्‌ भने कहिलेकाहीं चाहिं हामीसित खुसीसाथ कुरा गर्न तयार हुन्छन्‌। त्यतिमात्र होइन, मानिसहरूले नयाँ-नयाँ समस्या तथा चुनौतीहरू सामना गर्नुपर्ने भएकोले समयको दौडान बाइबलको सन्देशप्रति तिनीहरूको चासो जाग्न सक्छ। त्यसकारण हामी मानिसहरूसित बारम्बार भेटेर कुरा गर्ने प्रयास गर्छौं।