सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

alfa27/stock.adobe.com

स्मरणार्थ अभियान

येसुले अपराधको अन्त गर्नुहुनेछ

येसुले अपराधको अन्त गर्नुहुनेछ

 येसुले हामी अपराध र अन्यायको सिकार हुँदा कस्तो महसुस गर्छौँ भनेर बुझ्नुहुन्छ। किन? किनभने उहाँलाई झूटो आरोप लगाइएको थियो, निर्ममतापूर्वक पिटिएको थियो, अन्यायपूर्ण तरिकामा दोषी ठहराइएको थियो अनि पीडादायी मृत्युदण्ड दिइएको थियो। उहाँ निर्दोष हुनुभए तापनि कुनै स्वार्थविना राजीखुसीले “धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान” दिनुभयो। (मत्ति २०:२८; युहन्‍ना १५:१३) उहाँ अहिले परमेश्‍वरको राज्यको राजा हुनुभएकोले अब चाँडै सबै अपराधको अन्त गरेर सदाको लागि पृथ्वीमा न्याय स्थापना गर्नुहुनेछ।—यसैया ४२:३.

 येसुले न्याय स्थापना गर्नुभएपछि संसारको अवस्था कस्तो हुनेछ भनेर बाइबलमा बताइएको छ:

  •   “दुष्टहरूको नामोनिसान मेटिनेछ; तिमीले तिनीहरू भएको ठाउँमा हेर्नेछौ तर तिनीहरू त्यहाँ हुनेछैनन्‌। बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌ अनि अपार शान्तिको आनन्द उठाउनेछन्‌।”—भजन ३७:१०, ११.

 येसुले हाम्रो लागि गर्नुभएको र चाँडै भविष्यमा गर्नुहुने कामको लागि हामी कसरी कृतज्ञता देखाउन सक्छौँ? लुका २२:१९ मा येसुले आफ्ना अनुयायीहरूलाई उहाँको मृत्युको सम्झना गर्न भन्‍नुभयो। त्यसैले हरेक वर्ष येसुको मृत्युको सम्झना गर्न यहोवाका साक्षीहरू एकसाथ भेला हुन्छन्‌। हामी तपाईँलाई आइतबार, मार्च २४, २०२४ को दिन यस महत्त्वपूर्ण अवसरमा उपस्थित हुन निम्तो दिन्छौँ।

स्मरणार्थ कार्यक्रम हुने ठाउँ खोज्ने