सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सृष्टि या संयोग?

एम्पेरर पेन्गुइनको प्वाँख

एम्पेरर पेन्गुइनको प्वाँख

एम्पेरर पेन्गुइन पानीमा द्रुत गतिले पौडेर बरफको ढिकामा बुर्लुक्क उफ्रन सक्छ। कसरी?

एम्पेरर पेन्गुइनको प्वाँख

विचार गर्नुहोस्‌: एम्पेरर पेन्गुइनले (पेन्गुइन चराको एक प्रकार) आफ्नो प्वाँखमा हावा सञ्चय गर्छ। यसले पेन्गुइनलाई अत्यधिक जाडोबाट जोगाउँछ। साथै यसले गर्दा पेन्गुइन अरू बेला भन्दा दुई वा तीन गुणा छिटो पौडन सक्छ। कसरी? समुद्री जीवहरूको अध्ययन गर्ने वैज्ञानिकहरूका अनुसार पेन्गुइनले प्वाँखहरूको बीचबाट स-साना हावाका फोकाहरू निकाल्ने भएकोले छिटो पौडन सक्छ। यसरी फोकाहरू निकाल्दा पेन्गुइनको प्वाँखमा कम घर्षण पैदा हुन्छ र पेन्गुइनको गति बढ्‌छ।

इन्जिनियरहरू पनि हावाका फोकाहरूको सहायताले पानी जहाजहरूमा कम घर्षण पैदा गरेर जहाजको गतिलाई छिटो बढाउने तरिकाहरूबारे अध्ययन गर्दैछन्‌। “मानिसहरूले पेन्गुइनको प्वाँखको नक्कल गर्दै स-साना छिद्रहरू भएको जाली बनाए तापनि यसको प्वाँखको बनोट दुरुस्त नकल गर्न भने नसकेको कुरा” अनुसन्धानकर्ताहरूले मानिलिएका छन्‌।

तपाईंलाई कस्तो लाग्छ? एम्पेरर पेन्गुइनको प्वाँख विकासवादको उपज हो या सृष्टि? (g13-E 09)