सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफूभन्दा फरक व्यक्‍तिहरूलाई साथी बनाउनुहोस्‌

आफूभन्दा फरक व्यक्‍तिहरूलाई साथी बनाउनुहोस्‌

समस्या

आफूले नकारात्मक सोचाइ राखेको समूहका मानिसहरूबाट टाढै रह्‍यौँ भने पूर्वाग्रही सोचाइलाई मलजल गरिरहेका हुन सक्छौँ। अनि यदि हामीले आफूजस्तै व्यक्‍तिहरूलाई मात्र साथी बनायौँ भने आफ्नो सोचाइ, भावना अनि तौरतरिका मात्र सही छ जस्तो हामीलाई लाग्न सक्छ।

बाइबल सिद्धान्त

“ठूलो मनका होओ।”—२ कोरिन्थी ६:१३.

यसबाट के सिक्न सक्छौँ? “मन”-ले हाम्रो भावनाहरूलाई बुझाउन सक्छ। यदि हामी आफूजस्तै व्यक्‍तिहरूसित मात्र नजिकियौँ भने आफ्नो मन सानो अथवा साँघुरो बनाइरहेका हुन्छौँ। यस्तो हुन नदिन हामी आफूभन्दा फरक व्यक्‍तिहरूलाई पनि साथी बनाउन इच्छुक हुनुपर्छ।

आफूभन्दा फरक व्यक्‍तिहरूलाई साथी बनाउँदा कस्तो फाइदा हुन्छ?

अरूलाई व्यक्‍तिगत तवरमा चिनेपछि तिनीहरू किन हामीभन्दा फरक छन्‌ भनेर बुझ्न थाल्नेछौँ। अनि तिनीहरूसित नजिक हुँदै गएपछि तिनीहरू पनि हामीजस्तै रहेछन्‌ भनेर महसुस गर्नेछौँ। हामी तिनीहरूको अझ धेरै कदर गर्न थाल्नेछौँ र तिनीहरूप्रति समानुभूतिशील हुनेछौँ।

नाजेरीको उदाहरण विचार गर्नुहोस्‌। उनी पहिले आप्रवासीहरूप्रति पूर्वाग्रही सोचाइ राख्थिन्‌। त्यस्तो भावना हटाउन उनलाई केले मदत गऱ्‍यो? उनी यसो भन्छिन्‌: “मैले तिनीहरूसितै काम गरेँ अनि सङ्‌गत पनि गरेँ। अरूले फैलाएको अफवाहभन्दा मैले भेटेका मानिसहरू बिलकुलै फरक भएको पाएँ। फरक संस्कृतिको व्यक्‍तिलाई साथी बनाएपछि तिनीहरू सबै एउटै हुँदैनन्‌ भनेर बुझ्न सक्नेछौँ अनि तिनीहरू प्रत्येकलाई माया गर्न र तिनीहरूको मोल गर्न थाल्नेछौँ।”

तपाईँ के गर्न सक्नुहुन्छ?

फरक देश, पृष्ठभूमि वा भाषाका मानिसहरूसित कुराकानी गर्ने मौका खोज्नुहोस्‌। तपाईँ यी कुराहरू गर्न सक्नुहुन्छ

  • तिनीहरूलाई आफूबारे केही कुरा भन्‍न आग्रह गर्न सक्नुहुन्छ।

  • तिनीहरूलाई खाना खान बोलाउन सक्नुहुन्छ।

  • तिनीहरूले आफूबारे बताउँदा ध्यान दिएर सुन्‍नुहोस्‌ र तिनीहरूको लागि महत्त्वपूर्ण कुरा के रहेछ भनेर बुझ्नुहोस्‌।

जीवनमा घटेका घटनाहरूले तिनीहरूको व्यक्‍तित्वमा कस्तो असर पाऱ्‍यो भनेर बुझ्ने कोसिस गर्नुभयो भने त्यस समूहका मानिसहरूप्रति सकारात्मक मनोवृत्ति विकास गर्न सक्नुहुनेछ।