सीधै सामग्रीमा जाने

के यहोवाका साक्षीहरू तिनीहरूले मात्र उद्धार पाउँछन्‌ भनेर विश्‍वास गर्छन्‌?

के यहोवाका साक्षीहरू तिनीहरूले मात्र उद्धार पाउँछन्‌ भनेर विश्‍वास गर्छन्‌?

 होइन। शताब्दिऔंअघिका लाखौं मानिसहरू जो यहोवाको साक्षी थिएनन्‌, तिनीहरूले पनि उद्धार पाउन सक्छन्‌। परमेश्‍वरले ल्याउनुहुने नयाँ संसारमा “परमेश्‍वरको स्तरबमोजिम ज-जसले असल काम गरे अनि ज-जसले गरेनन्‌, तिनीहरू दुवै पुनर्जीवित हुनेछन्‌” भनेर बाइबलले बताएको छ। (प्रेषित २४:१५) यसबाहेक अहिले बाँचिरहेका थुप्रै मानिसहरूले पनि परमेश्‍वरको सेवा गर्न थाले भने तिनीहरूले पनि उद्धार पाउनेछन्‌। जेहोस्‌, कसले उद्धार पाउनेछ र कसले पाउनेछैन भनेर निर्णय गर्ने काम हाम्रो होइन। त्यो निर्णय गर्ने अधिकार त येशूले मात्र पाउनुभएको छ।—यूहन्‍ना ५:२२, २७.