सीधै सामग्रीमा जाने

बाइबलको वास्तविक लेखक को हो?

बाइबलको वास्तविक लेखक को हो?

बाइबलको जवाफ

 धेरैले बाइबलको वास्तविक लेखेको को हो भनी थाह पाउन सकिंदैन भनेर सोच्छन्‌। तर बाइबलको कुन पुस्तक कसले लेखेको हो भनी यसमा लेखिएका कुराहरूबाट बुझ्न सक्छौं। बाइबलको कुनै-कुनै भाग यस्तो अभिव्यक्‍तिबाट सुरु भएको छ “नहेम्याहको विवरण”, “यशैयाले देखेका दर्शन” र “योएलकहाँ आएको परमप्रभुको वचन।”—नहेम्याह १:१; यशैया १:१; योएल १:१.

 प्रायजसो बाइबल लेखकहरूलाई यहोवा परमेश्‍वरले नै आफूलाई बाइबल लेख्न डोऱ्‍याइरहनु भएको छ भनेर थाह थियो। हिब्रू धर्मशास्त्र लेख्ने भविष्यवक्‍ताहरूले ३०० भन्दा धेरै पटक यस्तो लेखे: “परमप्रभु यसो भन्‍नुहुन्छ।” (आमोस १:३; मीका २:३; नहूम १:१२) अरू लेखकहरूले स्वर्गदूतहरूबाट परमेश्‍वरको वचन पाए।—जकरिया १:७, ९.

 बाइबल करिब ४० जना मानिसले १६०० वर्षको अवधिमा लेखेको किताब हो। कुनै-कुनै लेखकलाई एउटा भन्दा धेरै किताब लेख्न लगाइएको थियो। वास्तवमा बाइबल ६६ वटा स-साना किताबहरूको सङ्‌गालो हो। यसमा हिब्रू धर्मशास्त्रको ३९ वटा किताबहरू छन्‌, जसलाई पुरानो करार भनिन्छ र ख्रीष्टियन ग्रीक धर्मशास्त्रको २७ वटा किताबहरू छन्‌, जसलाई नयाँ करार भनिन्छ।