सीधै सामग्रीमा जाने

के बाइबल परमेश्‍वरका विचारहरूले भरिएको किताब हो?

के बाइबल परमेश्‍वरका विचारहरूले भरिएको किताब हो?

बाइबलको जवाफ

 थुप्रै बाइबल लेखकले आफूले लेखेका कुराहरू परमेश्‍वरले नै लेख्न लगाउनुभएको हो भनेर बताएका छन्‌। यी उदाहरण विचार गर्नुहोस्‌:

  •  राजा दाउद: “यहोवाको शक्‍ति मद्वारा बोल्यो; उहाँको वचन मेरो जिब्रोमा थियो।”—२ समुएल २३:१, २.

  •  भविष्यवक्‍ता यसैया: “ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ।”—यसैया २२:१५.

  •  प्रेषित युहन्‍ना: “येसु ख्रिष्टबाट भएको प्रकाश, जो . . . परमेश्‍वरले उहाँलाई दिनुभयो।”—प्रकाश १:१.