सीधै सामग्रीमा जाने

गम्भीर रोग लाग्दा—के बाइबलले मदत गर्न सक्छ?

गम्भीर रोग लाग्दा—के बाइबलले मदत गर्न सक्छ?

बाइबलको जवाफ

 सक्छ। आफ्ना सेवकहरू बिरामी पर्दा परमेश्‍वर तिनीहरूको ख्याल राख्नुहुन्छ। आफ्नो वफादार सेवक बिरामी पर्दा उहाँ के गर्नुहुन्छ भन्‍नेबारे बाइबल यसो भन्छ: “ऊ बिरामी पर्दा यहोवाले उसलाई ओछ्यानमै सम्हाल्नुहुनेछ।” (भजन ४१:३) यदि तपाईँलाई गम्भीर रोग लागेको छ भने यी तीन वटा कदम चाल्दा तपाईँलाई सहन सजिलो हुनेछ:

  1.  १. प्रार्थना गरेर सहने बल माग्नुहोस्‌। तपाईँले “परमेश्‍वरको शान्ति” पाउनुहुनेछ, “जुन मानिसको समझभन्दा बाहिरको छ।” यसले चिन्ता कम गर्न मदत गर्नेछ अनि तपाईँलाई सम्हाल्नेछ।—फिलिप्पी ४:६, ७.

  2.  २. सकारात्मक हुनुहोस्‌। बाइबल यसो भन्छ: “आनन्दित हृदय रोग निको पार्ने औषधीजस्तै हो तर दुःखी हृदयले शरीरलाई कमजोर बनाउँछ।” (हितोपदेश १७:२२) हँसीमजाक गर्न सिक्नुहोस्‌। यसो गर्न सिक्नुभयो भने तपाईँ निराशामा डुब्नुहुनेछैन अनि तपाईँको स्वास्थ्य पनि राम्रो हुनेछ।

  3.  ३. परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गर्नुहोस्‌। गम्भीर रोग लागे तापनि भरपर्दो आशा छ भने तपाईँ रमाउन सक्नुहुनेछ। (रोमी १२:१२) कसैले पनि “म बिरामी छु” भन्‍नु नपर्ने समय आउनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको छ। (यसैया ३३:२४) अहिलेको चिकित्सा विज्ञानले निको पार्न नसकेका रोगहरू पनि परमेश्‍वरले भविष्यमा निको पार्नुहुनेछ। उदाहरणको लागि, वृद्धहरू जवान अनि स्वस्थ हुनेछन्‌ भन्‍नेबारे बाइबल यसो भन्छ: “उसको शरीर युवावस्थाको बेलाभन्दा हृष्टपुष्ट होस्‌ र युवावस्थाको बल उसमा फर्केर आओस्‌।”—अय्युब ३३:२५.

 नोट: हुनत परमेश्‍वरले मदत गर्नुहुन्छ तर गम्भीर रोग लाग्दा यहोवाका साक्षीहरू डाक्टरको मदत लिन्छन्‌। (मर्कुस २:१७) हामी कुनै खास उपचार सिफारिस गर्दैनौँ तर प्रत्येकले आफ्नो स्वास्थ्यसम्बन्धी निर्णय आफैले गर्नुपर्छ।