परमेश्‍वरको राज्य के हो?

परमेश्‍वरको राज्य के हो?

तपाईँ के भन्‍नुहुन्छ?

  • काल्पनिक कुरा।

  • स्वर्गमा भएको सरकार।

  • अरू केही।

पवित्र शास्त्र के भन्छ?

“स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश हुनेछैन।”—दानिएल २:४४.

“हाम्रो लागि एउटा छोरा दिइएको छ। शासन गर्ने जिम्मा तिनकै काँधमा हुनेछ।”—यसैया ९:६, नयाँ संसार अनुवाद।

यसले तपाईँको लागि कस्तो अर्थ राख्छ?

  • यो असल सरकारले तपाईँलाई प्रत्यक्ष फाइदा पुऱ्‍याउँछ।—यसैया ४८:१७, १८.

  • आउँदै गरेको नयाँ संसारमा कोही बिरामी हुनेछैन र सबै आनन्दित हुनेछन्‌।—प्रकाश २१:३, ४.

के यस कुरामा विश्‍वास गर्न सकिन्छ?

अवश्‍य। कम्तीमा दुई वटा कारण विचार गर्नुहोस्‌:

  • परमेश्‍वरको राज्यले के-के गर्नेछ भनेर येसुले देखाउनुभयो। येसुले आफ्ना चेलाहरूलाई परमेश्‍वरको राज्य आओस्‌ र उहाँको इच्छा पृथ्वीमा पनि पूरा होस्‌ भनेर प्रार्थना गर्न सिकाउनुभयो। (मत्ति ६:९, १०) अनि त्यस प्रार्थनाको जवाफ कसरी दिइनेछ, त्यो पनि येसुले देखाउनुभयो।

    येसुले भोकाहरूलाई खुवाउनुभयो, बिरामीहरूलाई निको पार्नुभयो र मरेकाहरूलाई फेरि जीवित पार्नुभयो! (मत्ति १५:२९-३८; युहन्‍ना ११:३८-४४) येसु परमेश्‍वरको राज्यको भावी राजा हुनुभएकोले त्यस राज्यले आफ्नो प्रजाको लागि के-के गर्नेछ भनेर उहाँले देखाउनुभयो।—प्रकाश ११:१५.

  • संसारमा भइरहेका घटनाहरू हेर्दा परमेश्‍वरको राज्य चाँडै आउनेछ भनेर पक्का हुन सक्छौँ। परमेश्‍वरको राज्यले पृथ्वीमा शान्ति ल्याउनुअघि यस संसारमा युद्ध र अनिकाल हुनेछ अनि भूकम्प जानेछ भनेर येसुले भविष्यवाणी गर्नुभएको थियो।—मत्ति २४:३, ७.

    संसारमा अहिले यस्तै भइरहेको छ। त्यसैले यस्ता सबै समस्यालाई परमेश्‍वरको राज्यले चाँडै हटाउनेछ भनेर हामी ढुक्क हुन सक्छौँ।

यसबारे सोच्नुहोस्‌

परमेश्‍वरको राज्य आएपछि हाम्रो जीवन कस्तो हुनेछ?

भजन ३७:२९यसैया ६५:२१-२३ मा पवित्र शास्त्रले यस प्रश्‍नको जवाफ दिएको छ।