सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

राजा दाउद अस्तित्वमा थिए भन्‍ने पुरातात्त्विक प्रमाण

राजा दाउद अस्तित्वमा थिए भन्‍ने पुरातात्त्विक प्रमाण

 बाइबलमा बताइएअनुसार दाउद इस्राएलका राजा थिए र तिनी ईसापूर्व ११ औँ शताब्दीका व्यक्‍ति थिए। अनि तिनका सन्तानले इस्राएलमा सयौँ वर्षसम्म शासन गरे। तर केही आलोचकहरूले दाउदलाई दन्त्य कथा वा पौराणिक कथाका एक पात्रको रूपमा मात्र लिएका थिए। के साँच्चै दाउदको अस्तित्व थियो?

 सन्‌ १९९३ मा पुरातत्त्वविद्‌ अभ्राहाम बिरान र तिनको टोलीले उत्तरी इस्राएलको तेल दानमा एउटा शिलालेख भेटाए, जसमा “दाउदको घराना” भनेर कुँदिएको थियो। उक्‍त शिलालेख ईसापूर्व ९ औँ शताब्दीतिरको थियो र सेमिटिक लिपिमा लेखिएको थियो। उक्‍त शिलालेख अरामीहरूले इस्राएलमाथि हासिल गरेको जितको धाक लगाउन खडा गरेको एउटा स्मारकको टुक्रा हुनुपर्छ।

 बाइबलको इतिहाससम्बन्धी एउटा पत्रिकाको लेखले बताएअनुसार केही मानिसहरू त्यस शिलालेखले दाउदको अस्तित्वको प्रमाण दिँदैन भनेर विश्‍वास गर्छन्‌। तर थुप्रै बाइबलविद्‌ अनि पुरातत्त्वविद्‌ इस्राएलको तेल दानमा फेला परेको उक्‍त शिलालेखले बाइबलमा उल्लेख गरिएको व्यक्‍ति, दाउदको अस्तित्वको प्रमाण दिन्छ भन्‍ने कुरामा सहमत छन्‌। एउटा पत्रिकाले [Biblical Archaeology Review] यो खोज बाइबलको पुरातत्त्वसम्बन्धी गरिएका खोजहरूमध्ये एकदमै महत्त्वपूर्ण साबित भएको रिपोर्ट गरेको छ।