सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

CreativeDesignArt/DigitalVision Vectors via Getty Images

जागा रहो!

जातीय समानता सपना मात्रै हो?—यसबारे बाइबल के भन्छ?

जातीय समानता सपना मात्रै हो?—यसबारे बाइबल के भन्छ?

 थुप्रै मानिसको लागि जातीय समानता कहिल्यै पूरा नहुने सपना मात्र हो।

  •    “जातीय विभेदले विश्‍वभरिका सङ्‌घसंस्था, समाज र मानिसको दैनिक जीवनमा विष घोलिरहेको छ। मानिसहरूले एकअर्कालाई अन्यायपूर्ण व्यवहार गर्नुको एउटा प्रमुख कारण जातीय विभेद हो।”—एन्टोनियो गुटेरेस, संयुक्‍त राष्ट्रसङ्‌घका महासचिव।

 के जातीय विभेदको समस्या कहिल्यै हट्‌ला? यसबारे बाइबल के भन्छ?

जातीय समानताबारे परमेश्‍वरको दृष्टिकोण

 फरक-फरक जातका मानिसहरूलाई परमेश्‍वर कुन नजरले हेर्नुहुन्छ भनेर बाइबलबाट थाह पाउन सक्छौँ।

  •    “सारा पृथ्वीमा बसोबास गराउन उहाँले एउटै मानिसबाट जातिजातिका मानिसहरू बनाउनुभयो।”—प्रेषित १७:२६.

  •    “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।”—प्रेषित १०:३४, ३५.

 बाइबलमा सम्पूर्ण मानिसजातिको पुर्खा एउटै हो र परमेश्‍वर सबै जातिका मानिसलाई स्विकार्नुहुन्छ भनेर बताइएको छ।

जातीय विभेदको अन्त कसरी हुनेछ?

 स्वर्गमा स्थापना भएको परमेश्‍वरको राज्यले जातीय विभेदको अन्त गर्नेछ। त्यस सरकारले आफ्ना प्रजाहरूलाई सबैसित समान व्यवहार गर्न सिकाउनेछ। मानिसहरूले आफ्नो मनमा जरा गाडेर बसेको जातीय पूर्वाग्रह हटाउन सिक्नेछन्‌।

  •    ‘मानिसहरूले धार्मिक स्तर सिक्नेछन्‌।’—यसैया २६:९.

  •    “साँचो धार्मिकताको कारण सबैतिर शान्ति छाउनेछ। साँचो धार्मिकताको फल सदासर्वदै रहने शान्ति र सुरक्षा हुनेछ।”—यसैया ३२:१७.

 आज लाखौँ मानिसले बाइबलबाट एकअर्कालाई आदरपूर्ण व्यवहार गर्न सिक्दै छन्‌।