सीधै सामग्रीमा जाने

परिवार सुखी बनाउन के चाहिन्छ?

परिवार सुखी बनाउन के चाहिन्छ?

तपाईँ के भन्‍नुहुन्छ?

  • प्रेम।

  • पैसा।

  • वा अरू केही।

पवित्र शास्त्र के भन्छ?

“आनन्दित त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!”—लुका ११:२८, नयाँ संसार अनुवाद।

यसो गर्नुभयो भने तपाईँलाई कस्तो फाइदा हुन्छ?

परिवारमा प्रेम बढ्‌नेछ।—एफिसी ५:२८, २९.

एकअर्काप्रतिको आदर बढ्‌नेछ।—एफिसी ५:३३.

सम्बन्ध मजबुत हुनेछ।—मर्कुस १०:६-९.

के यस कुरामा विश्‍वास गर्न सकिन्छ?

अवश्‍य। कम्तीमा दुई वटा कारण विचार गर्नुहोस्‌:

  • परमेश्‍वरले परिवारको सुरुवात गर्नुभयो। यहोवा परमेश्‍वरले गर्दा नै “हरेक परिवारले नाम पाएको छ” भनी पवित्र शास्त्र बताउँछ। (एफिसी ३:१४, १५) अर्को शब्दमा भन्‍नुपर्दा परिवार भन्‍ने कुरा यहोवाले नै सुरुवात गर्नुभएको हो। यो कुरा मानिलियौँ भने हाम्रो परिवार कसरी सुखी हुन सक्छ?

    उदाहरणको लागि, तपाईँ मीठो परिकार खाँदै हुनुहुन्छ र त्यो कसरी पकाउने भनेर जान्‍न चाहनुहुन्छ। तपाईँ कसलाई सोध्नुहुन्छ? पक्कै पनि जसले पकायो, उसैलाई सोध्नुहुन्छ नि, होइन र?

    त्यसैगरि पारिवारिक जीवन कसरी सुखी बनाउने भनेर थाह पाउन परिवारको सुरुवातकर्ता यहोवालाई नै सोध्नुपर्छ।—उत्पत्ति २:१८-२४.

  • परमेश्‍वर तपाईँको ख्याल राख्नुहुन्छ। यहोवा परमेश्‍वर आफ्नो वचनबाट सल्लाह दिनुहुन्छ। यस्तो सल्लाह खोज्ने परिवारहरू बुद्धिमान्‌ हुन्‌। किन? ‘किनकि उहाँले तिनीहरूको ख्याल राख्नुहुन्छ।’ (१ पत्रुस ५:६, ७) यहोवा परमेश्‍वर तपाईँको भलो होस्‌ भन्‍ने चाहनुहुन्छ। त्यसैले उहाँले दिने सल्लाह सधैँ उपयोगी हुन्छ।—हितोपदेश ३:५, ६; यसैया ४८:१७, १८.

यसबारे सोच्नुहोस्‌

तपाईँ कसरी असल पति, पत्नी, आमा वा बुबा बन्‍न सक्नुहुन्छ?

एफिसी ५:१, २कलस्सी ३:१८-२१ मा पवित्र शास्त्रले यस प्रश्‍नको जवाफ दिएको छ।