सीधै सामग्रीमा जाने

कहिल्यै दुःखकष्टको अन्त होला?

कहिल्यै दुःखकष्टको अन्त होला?

तपाईँ के भन्‍नुहुन्छ?

  • हुन्छ।

  • हुँदैन।

  • खै, थाह छैन।

पवित्र शास्त्र के भन्छ?

“परमेश्‍वर[ले] . . . तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।”—प्रकाश २१:३, ४, नयाँ संसार अनुवाद।

यो कुरा थाह पाउँदा तपाईँलाई कस्तो फाइदा हुन्छ?

परमेश्‍वरले गर्दा हामीले दुःख पाएका होइनौँ भन्‍ने सान्त्वना पाउनुहुनेछ।—याकुब १:१३.

परमेश्‍वर हाम्रो दुःख बुझ्नुहुन्छ भनेर ढुक्क हुन सक्नुहुनेछ।—जकरिया २:८.

सबै दुःखकष्टको अन्त हुनेछ भनेर ढुक्क हुन सक्नुहुनेछ।—भजन ३७:९-११.

के यस कुरामा विश्‍वास गर्न सकिन्छ?

अवश्‍य। कम्तीमा दुई वटा कारण विचार गर्नुहोस्‌:

  • परमेश्‍वर दुःखकष्ट र अन्याय पटक्कै मन पराउनुहुन्‍न। पुरातन समयमा आफ्ना मानिसहरू अन्यायको सिकार हुँदा यहोवा परमेश्‍वरलाई कस्तो लाग्यो, विचार गर्नुहोस्‌। तिनीहरू “दुर्व्यवहारको सिकार हुँदा” उहाँ धेरै दुःखी हुनुभयो भनी पवित्र शास्त्र बताउँछ।—न्यायकर्ता २:१८.

    अरूलाई हानि पुऱ्‍याउनेहरूलाई परमेश्‍वर पटक्कै मन पराउनुहुन्‍न। उदाहरणको लागि, “निर्दोष मानिसको रगत बगाउने हात”-लाई उहाँ घृणा गर्नुहुन्छ भनी पवित्र शास्त्र बताउँछ।—हितोपदेश ६:१६, १७.

  • परमेश्‍वर हामी प्रत्येकको ख्याल राख्नुहुन्छ। हामी प्रत्येकले भोगिरहेको ‘पीडा र समस्या’ हामी आफैलाई मात्र होइन, यहोवा परमेश्‍वरलाई पनि राम्ररी थाह छ।२ इतिहास ६:२९, ३०.

    यहोवा परमेश्‍वरले चाँडै आफ्नो राज्यमार्फत हामी सबैको दुःखकष्ट हटाउनुहुनेछ। (मत्ति ६:९, १०) तर त्यतिन्जेल, साँचो मनले उहाँलाई खोज्नेहरूलाई परमेश्‍वर सान्त्वना दिनुहुन्छ।—प्रेषित १७:२७; २ कोरिन्थी १:३, ४.

यसबारे सोच्नुहोस्‌

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ?

रोमी ५:१२२ पत्रुस ३:९ मा पवित्र शास्त्रले यस प्रश्‍नको जवाफ दिएको छ।