सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख

राम्रो बानी कसरी बसाल्ने?

राम्रो बानी कसरी बसाल्ने?
  • घडीको अलार्म बज्छ, अस्टन निन्द्रामै छन्‌। तैपनि तिनी जऱ्याकजुरुक उठेर लुगा लगाउन थाल्छन्‌। तिनले अघिल्लो रात नै जगिङको लागि लुगा ठिक्क पारेर राखिसकेका थिए। तिनी हप्ताको तीन दिन जगिङ जान्छन्‌। यसरी जगिङ जान थालेको एक वर्ष भयो।

  • लरीको श्रीमान्‌सँग भर्खरै झगडा भयो। रिसको झोकमा लम्किंदै तिनी भान्छातिर जान्छिन्‌। एक पोका चक्लेट निकालेर ग्वामग्वाम खान थाल्छिन्‌ र सबै सिध्याउँछिन्‌। रिस उठ्‌दा तिनी सधैं यस्तै गर्छिन्‌।

अस्टन र लरी दुवैलाई एउटा कुराले एकदम असर गरेको छ। सायद त्यसबारे उनीहरूलाई थाह हुन पनि सक्छ, नहुन पनि सक्छ। त्यो के हो? त्यो हो—बानी।

तपाईंको पनि यस्तै कुनै बानी छ कि? तपाईं के-कस्ता राम्रा बानीहरू बसाल्न चाहनुहुन्छ? सायद तपाईं नियमित व्यायाम गर्न, चाँडै सुत्न अथवा परिवार अनि साथीभाइसित सम्पर्कमा रहिरहन चाहनुहुन्छ होला।

अर्कोतर्फ, तपाईं नराम्रा बानीहरू पनि छोड्‌न चाहनुहुन्छ होला। जस्तै: चुरोट खाने, तयारी खानेकुरा अचाक्ली खाने अथवा इन्टरनेटमा धेरै समय बिताउने।

नराम्रो बानी छोड्‌न गाह्रो हुन सक्छ। यस्तो बानी जाडो मौसमको न्यानो सिरकजस्तै हो। छिर्न सजिलो तर निस्कन एकदमै गाह्रो।

त्यसोभए हामी कसरी नराम्रा बानीहरू छोड्‌न अनि राम्रा बानीहरू बसाल्न सक्छौं? आउनुहोस्, बाइबलका सिद्धान्तहरूमा आधारित तीनवटा सुझाव विचार गरौं। (g16-E No. 4)