सीधै सामग्रीमा जाने

तनावको सामना गरिरहेका स्वास्थ्यकर्मीहरूको लागि मदत

तनावको सामना गरिरहेका स्वास्थ्यकर्मीहरूको लागि मदत

 अमेरिकाको नर्थ क्यारोलाइनामा बस्ने ब्रेन स्थानीय अस्पताल सम्पर्क समितिका सदस्य हुन्‌। यस समितिले बिरामी भएका यहोवाका साक्षीहरूले उपचार गराइरहेका अस्पतालहरूसँग मिलेर काम गर्छ।

 कोभिड-१९ महामारीले गर्दा थुप्रै अस्पतालले बिरामीहरूलाई भेट्‌न निषेध गरे। त्यसैले बिरामी साक्षीहरूलाई कसरी मदत गर्न सकिन्छ भनेर सोध्न ब्रेनले एउटा स्थानीय अस्पतालको निर्देशकलाई फोन गरे।

 तर ब्रेनले फोन गर्दा निर्देशकको सहायकसँग कुरा भयो। बिरामीलाई भेट्‌न नसकिने भएकोले ब्रेनले ती सहायकलाई आफ्नो फोन नम्बर बिरामी साक्षीहरूलाई दिन सकिन्छ कि भनेर सोधे। ती सहायकले ‘हुन्छ’ भने।

 त्यसपछि ब्रेनले त्यस अस्पतालका कर्मचारीहरूको कामको मनैदेखि कदर गर्छु र सबैको सुस्वास्थ्यको कामना गर्छु भनेर ती सहायकलाई बताए। साथै तिनले महामारीको कारण विशेषगरि स्वास्थ्यकर्मीहरूलाई निकै तनाव भइरहेको कुरा थाह पाएको पनि बताए।

 ती सहायकले कोभिड-१९ ले गर्दा अस्पतालका कर्मचारीहरूको जीवन एकदमै तनावपूर्ण भएको स्विकारे।

 त्यसपछि ब्रेनले भने: “हाम्रो वेबसाइट jw.org मा तनावको सामना गर्न मदत गर्ने जानकारीहरू पाइन्छ। तपाईँले वेबसाइटको ‘खोज्ने’ पेटीमा ‘तनाव’ टाइप गर्नुभयो भने थुप्रै प्रोत्साहनदायी लेखहरू पाउनुहुनेछ।”

 ती सहायकले फोनमा कुरा गर्दै वेबसाइटमा गएर “तनाव” टाइप गरे। अनि लेखहरूको सूची देखेर खुसी हुँदै यसो भने: “म यी लेखहरू निर्देशकलाई पनि देखाउँछु। यो हाम्रा कर्मचारीहरू र अरू मानिसलाई पनि निकै काम लाग्छ। म यो प्रिन्ट गरेर उनीहरूलाई दिन्छु।”

 केही हप्तापछि ब्रेनले निर्देशकसँग कुरा गरे। उनले हाम्रो वेबसाइटबाट तनाव र त्यससित सम्बन्धित लेखहरू प्रिन्ट गरेर नर्स र अरू कमर्चारीहरूलाई दिएको कुरा बताए।

 ब्रेनले यसो भने: “निर्देशकले हाम्रो काम र मन छुने लेखहरूको लागि धन्यवाद दिनुभयो। ती लेखहरू धेरै उपयोगी थिए भनेर पनि बताउनुभयो।”