सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू बेला-बेलामा किन आफ्नो धारणा बदलिरहन्छन्‌?

यहोवाका साक्षीहरू बेला-बेलामा किन आफ्नो धारणा बदलिरहन्छन्‌?

 हामीले गरेको विश्‍वास बाइबलसित पूरै मेल खान्छ कि खाँदैन भनेर हामी जाँचिरहन्छौं। त्यसैले कहिलेकाहीं बाइबलको कुरा पहिलेभन्दा अझ राम्ररी बुझेपछि हामी आफ्नो धारणा परिवर्तन गर्छौं। a

 यस्ता परिवर्तनहरू हितोपदेश ४:१८ मा बताइएको सिद्धान्तसित मेल खान्छ: “धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्यदिन नहोउन्जेल झन्‌-झन्‌ चहकिलो हुँदै जान्छ।” घाम चम्किंदै गएपछि दृश्‍यहरू बिस्तारै प्रस्ट हुँदै जान्छ। त्यसरी नै परमेश्‍वरले पनि ठीक समयमा बिस्तारै-बिस्तारै सत्य प्रकट गर्नुहुन्छ। (१ पत्रुस १:१०-१२) उहाँले ‘अन्तको समयमा’ झन्‌ धेरै त्यसो गर्नुहुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको छ।—दानियल १२:४.

 हाम्रो धारणामा यस्तो परिवर्तन गरिंदा हामी छक्क पर्दैनौं अनि बेचैन पनि हुँदैनौं। पहिला-पहिलाका परमेश्‍वरका सेवकहरूले पनि गलत सोचाइ राखेका थिए अनि गलत कुराको आशा गरेका थिए। तर पछि तिनीहरूले आफ्नो सोचाइ बदल्नुपऱ्‍यो।

  •   मोशाले परमेश्‍वरले तोक्नुभएको समय आउनुभन्दा ४० वर्षअघि नै आफूलाई इस्राएल राष्ट्रको उद्धारक ठाने।​—प्रेषित ७:२३-२५, ३०, ३५.

  •   प्रेषितहरूले मसीहको मृत्यु र उहाँको पुनर्जीवनबारे गरिएको भविष्यवाणी बुझ्न सकेका थिएनन्‌।—यशैया ५३:८-१२; मत्ती १६:२१-२३.

  •   सुरु-सुरुका केही ख्रीष्टियनले “यहोवाको दिन”-बारे गलत सोचाइ राखेका थिए।—२ थिस्सलोनिकी २:१, २.

परमेश्‍वरले तिनीहरू सबैको सोचाइ सच्याउनुभयो। उहाँले हामीलाई पनि त्यसरी नै सच्याएको चाहन्छौं र त्यसको लागि प्रार्थना पनि गर्छौं।—याकूब १:५.

a बाइबलको हाम्रो बुझाइमा परिवर्तन भयो भने हामी त्यो लुकाउँदैनौं। बरु त्यसको रेकर्ड राख्छौं र छाप्छौं। उदाहरणको लागि, अङ्‌ग्रेजी वेबसाइटको प्रहरीधरहरा अनलाइन पुस्तकालय-मा गएर अङ्‌ग्रेजीमा “विश्‍वासबारे स्पष्टीकरण” (“Beliefs Clarified”) टाइप गरेर खोज्नुहोस्‌।