सीधै सामग्रीमा जाने

के यहोवाका साक्षीहरू तिनीहरूको धर्म छोड्‌नेसित सङ्‌गतै गर्दैनन्‌?

के यहोवाका साक्षीहरू तिनीहरूको धर्म छोड्‌नेसित सङ्‌गतै गर्दैनन्‌?

 यहोवाको साक्षीको रूपमा बप्तिस्मा गरेर अहिले प्रचारकार्यमा भाग लिनै छोडेका वा सँगी ख्रीष्टियनहरूबाट पनि टाढिएकाहरूलाई हामी बेवास्ता गर्दैनौं। बरु हामी आफै अघि सरेर तिनीहरूलाई फेरि सक्रिय ख्रीष्टियन बन्‍न मदत गर्छौं।

 गम्भीर पाप गर्ने व्यक्‍तिलाई तुरुन्तै बहिष्कार गरिने होइन। तर बप्तिस्मा गरिसकेको कुनै ख्रीष्टियनले बाइबलको गम्भीर शिक्षा जानाजानी उल्लङ्‌घन गरिरहन्छन्‌ र पश्‍चात्ताप गर्दैनन्‌ भने तिनलाई मण्डलीबाट बहिष्कार गरिन्छ। बाइबलले स्पष्टसित यसो भनेको छ: “दुष्ट मानिसलाई आफ्नो बीचबाट हटाओ।”—१ कोरिन्थी ५:१३.

 यदि कुनै पुरुषलाई बहिष्कार गरिए पनि तिनकी पत्नी र छोराछोरीहरू अझै पनि यहोवाका साक्षी नै हुन्‌ भने नि? आफ्नो परिवारसित ती पुरुषको आध्यात्मिक सम्बन्ध टुट्‌छ तर पारिवारिक सम्बन्ध भने कायमै रहन्छ। वैवाहिक सम्बन्ध, परिवारसितको माया-प्रेम र व्यवहारमा कुनै परिवर्तन आउँदैन।

 बहिष्कार भएका मानिसहरू पनि हाम्रो धार्मिक कार्यक्रमहरूमा उपस्थित हुन सक्छन्‌। तिनीहरूले चाहेमा मण्डलीका एल्डरहरूबाट बाइबलआधारित सल्लाह पनि लिन सक्छन्‌। त्यसो गर्नुको उद्देश्‍य भनेको तिनलाई यहोवाको साक्षी बन्‍न फेरि योग्य बनाउनु हो। कुनै ख्रीष्टियन बहिष्कार भए पनि तिनले आफ्नो गल्तीलाई सुधारेर बाइबलको स्तरअनुसार जिउन इमानदार भई प्रयास गरे भने तिनलाई फेरि मण्डलीको सदस्यको रूपमा भित्री मनदेखि स्वागत गरिन्छ।