सीधै सामग्रीमा जाने

Heather Broccard-Bell/iStock via Getty Images

सृष्टि या संयोग?

डायाबोलिकल आइरनकल्याड गोब्रे किराको खपटा

डायाबोलिकल आइरनकल्याड गोब्रे किराको खपटा

 डायाबोलिकल आइरनकल्याड गोब्रे किरा पश्‍चिमी उत्तर अमेरिकामा पाइन्छ। अनुसन्धानकर्ताहरूअनुसार यो किरासित आफ्नो वजन भन्दा करिब ३९,००० गुणा बढी भार थेग्ने क्षमता छ। कुनै गाडीले किच्यो भने पनि यो किरालाई केही हुँदैन। यसले यत्ति धेरै भार कसरी थेग्न सक्छ?

 यस किराको खपटाका भागहरू एकआपसमा जोडिएका हुन्छन्‌। पहिलो किसिमको जोडिएको भाग कडा हुन्छ जसले गर्दा भार पऱ्‍यो भने पनि यसका अङ्‌गहरू सुरक्षित रहन्छन्‌। दोस्रो किसिमको जोडिएको भागचाहिँ अलि खुकुलो खालको हुन्छ, जसले गर्दा यसको एक ठाउँमा मात्र भार पर्दैन। तेस्रो किसिमको जोडिएको भागले भने यसलाई एक ठाउँदेखि अर्को ठाउँ सर्न मदत गर्छ, जसले गर्दा यो किरा रूखको पत्रभित्र वा ढुङ्‌गाको खोचभित्रसमेत पस्न सक्छ।

 साथै यो किराको खपटाको बीचतिर जोडिने भाग जिग्सः पजलका टुक्राहरूजस्तै हुन्छन्‌। यी भागहरू आपसमा जोडिँदा यो किराले निकै भार थेग्न सक्छ। यी टुक्राहरूको पनि पत्रहरू हुन्छन्‌, जुन प्रोटिन भनिने तत्वद्वारा जोडिएको हुन्छ। कुनै भारी चिजले यो किरालाई थिच्दा पत्रहरूबिचको प्रोटिनमा चिरा पर्छ अनि यो पछि आफै ठीक हुन्छ। त्यसैले निकै भार पर्दा पनि यो किरा कुच्चिदैँन।

खपटाका टुक्राहरू आपसमा जिग्सः पजलजस्तै जोडिएका हुन्छन्‌

रातो चिन्हले खपटाको माथिल्लो र तल्लो भाग जोडिएको ठाउँलाई सङ्‌केत गर्छ। खैरो चिन्हले खपटाको बीचको जोडिएको ठाउँलाई सङ्‌केत गर्छ

 यसको खपटाको नक्कल गरेर गाडी, पुल अनि ठूलठूला भवन डिजाइन गरेमा ठूलो धक्का वा चापको प्रतिरोध गर्न सकिने कुरा अनुसन्धानकर्ताहरू बताउँछन्‌।

 तपाईँको विचार कस्तो छ? डायाबोलिकल आइरनकल्याड गोब्रे किराको खपटा क्रमविकासको उपज हो या सृष्टि?