सीधै सामग्रीमा जाने

बाइबल भिडियो—महत्त्वपूर्ण शिक्षा

यी छोटो भिडियो पाठहरूमा महत्त्वपूर्ण प्रश्‍नहरूको बाइबलले दिने जवाफ पाइन्छ। जस्तै: परमेश्‍वरले किन पृथ्वी सृष्टि गर्नुभयो? मरिसकेकाहरूको अवस्था कस्तो छ? अनि परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ?

के यो ब्रह्‍माण्ड सृष्टि गरिएको थियो?

सृष्टिसम्बन्धी बाइबलको विवरणबारे गलत धारणा छ अथवा यसलाई दन्त्यकथा पनि भनिन्छ। के बाइबलको कुरामा विश्‍वास गर्न सकिन्छ?

के ईश्‍वर छ?

ईश्‍वर छ भनेर विश्‍वास गर्नु किन तार्किक छ, बुझ्नुहोस्‌।

के परमेश्‍वरको नाम छ?

परमेश्‍वरका थुप्रै उपाधि छन्‌; जस्तै सर्वशक्‍तिमान्‌, सृष्टिकर्ता र प्रभु। तर परमेश्‍वरको नाम बाइबलमा लगभग ७,००० पटक उल्लेख गरिएको छ।

हामी कसरी परमेश्‍वरको साथी बन्‍न सक्छौँ?

शताब्दियौँदेखि मानिसहरूले सृष्टिकर्तालाई चिन्‍न खोजिरहेका छन्‌। बाइबलले परमेश्‍वरको साथी बन्‍न मदत गर्छ। उहाँसित मित्रता गाँस्न सुरुमा उहाँको नाम थाह पाउनुपर्छ।

बाइबलको वास्तविक लेखक को हो?

मानिसले लेखेको भए यसलाई परमेश्‍वरको वचन भन्‍न मिल्छ? बाइबलमा कसको विचार पाइन्छ?

बाइबल भरपर्दो किताब हो?

बाइबल परमेश्‍वरबाट आएको किताब हो भने यो अरू किताबभन्दा फरक हुनुपर्छ।

परमेश्‍वरले किन पृथ्वी सृष्टि गर्नुभयो?

यस पृथ्वीमा थुप्रै सुन्दर कुराहरू छन्‌। यो सूर्यबाट ठिक्कको दूरीमा छ, यो निश्‍चित कोणमा ढल्केको छ अनि यो उपयुक्‍त गतिमा घुम्छ। परमेश्‍वरले पृथ्वी बनाउन किन यति धेरै मेहनत गर्नुभयो?

जीवनको उद्देश्‍य के हो?

जीवनको उद्देश्‍य र साँचो आनन्दबारे थाह पाउनुहोस्‌।

मरिसकेकाहरूको अवस्था कस्तो छ?

लाजरसलाई जस्तै मरिसकेका थुप्रै मानिसलाई फेरि जीवित पार्ने समय आउँदै छ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ।

के येसु ख्रिष्ट परमेश्‍वर हुनुहुन्छ?

येसु ख्रिष्ट र सर्वशक्‍तिमान्‌ परमेश्‍वर एकै जना हुनुहुन्छ कि फरक-फरक व्यक्‍ति हुनुहुन्छ?

येसु किन मर्नुभयो?

येसुको मृत्यु धेरै महत्त्वपूर्ण छ भनेर बाइबलमा बताइएको छ। के उहाँ मर्नुको कुनै उद्देश्‍य थियो?

परमेश्‍वरको राज्य के हो?

पृथ्वीमा छँदा येसुले परमेश्‍वरको राज्यबारे सबैभन्दा धेरै कुरा गर्नुभयो। सयौँ वर्षदेखि उहाँका अनुयायीहरूले त्यो राज्य आओस्‌ भनेर प्रार्थना गर्दै आएका छन्‌।

परमेश्‍वरको राज्यले इस्वी संवत्‌ १९१४ देखि शासन गर्न थाल्यो

परमेश्‍वरले २,६०० वर्षभन्दाअघि एक शक्‍तिशाली राजालाई भविष्यसूचक सपना देखाउनुभयो, जुन अहिले पूरा हुँदै छ।

के प्राकृतिक प्रकोप हुनुमा ईश्‍वरको हात छ?

प्राकृतिक प्रकोपबाट ज्यान जोगाएका दुई महिलाले बाइबलबाट आफूले सिकेको कुरा बताउँछन्‌।

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ?

संसारमा किन दुष्टता र दुःखकष्ट व्याप्त छ भनी थुप्रै मानिस सोध्छन्‌। बाइबलले यसको चित्तबुझ्दो र सान्त्वनादायी जवाफ दिन्छ।

के परमेश्‍वरले सबै धर्म स्विकार्नुहुन्छ?

धेरै मानिसलाई जुनसुकै धर्म माने पनि केही फरक पर्दैन जस्तो लाग्छ।

के परमेश्‍वरलाई उहाँको उपासना गर्दा प्रतिमाहरू प्रयोग गरेको मन पर्छ?

के तिनीहरूले हामीलाई आफूले देख्न नसक्ने परमेश्‍वरसित नजिक हुन मदत गर्न सक्छन्‌?

के परमेश्‍वर सबै प्रार्थना सुन्‍नुहुन्छ?

कसैले स्वार्थी हुँदै आफ्नो फाइदाको लागि गरेको प्रार्थना के उहाँ सुन्‍नुहुन्छ? कसैले आफ्नी पत्नीलाई दुर्व्यवहार गर्छ र परमेश्‍वरको आशिष्‌ माग्दै प्रार्थना गर्छ भने के उहाँ त्यस्तो प्रार्थना सुन्‍नुहुन्छ?

विवाहप्रति परमेश्‍वरको दृष्टिकोण कस्तो छ?

परमेश्‍वर तपाईँको वैवाहिक जीवन सफल भएको चाहनुहुन्छ। बाइबलले दिने राम्रो सल्लाहबाट थुप्रै जोडीले मदत पाएका छन्‌।

के अश्‍लील सामग्री हेर्नु साँच्चै पाप हो?

के बाइबलमा “अश्‍लील सामग्री” भन्‍ने शब्द पाइन्छ? त्यसप्रति परमेश्‍वरको दृष्टिकोण कस्तो छ भनेर कसरी थाह पाउन सक्छौँ?