सीधै सामग्रीमा जाने

निजी जानकारीको प्रयोगबारे विश्‍वव्यापी नीति

निजी जानकारीको प्रयोगबारे विश्‍वव्यापी नीति

निजी जानकारीको प्रयोग

यस वेबसाइटको धेरैजसो विशेषता प्रयोग गर्न प्रयोगकर्ताको रूपमा नाम दर्ता गर्नुपर्दैन र आफ्नो कुनै जानकारी प्रदान गर्नुपर्दैन। तर कतिपय विशेषताहरू दर्ता भएका प्रयोगकर्ताहरूले, आवेदन भरेर पेस गरेका वा अनुरोध गरेका प्रयोगकर्ताहरूले अथवा यहोवाका साक्षीहरूको मण्डलीले jw.org मार्फत ज-जसका निजी जानकारी प्रदान गर्छ, ती प्रयोगकर्ताहरूले मात्र प्रयोग गर्न सक्छन्‌। तपाईँको अनुमति पाएपछि हामी निजी जानकारीसम्बन्धी प्रक्रिया अघि बढाउँछौँ। कुनै-कुनै अवस्थामा तपाईँले आफ्नो सहमति फिर्ता लिनुभयो भने पनि कानुनी मापदण्ड पूरा गरेकोले हामीसित तपाईँको निजी जानकारी राख्ने वा प्रयोग गर्ने वैधानिक अधिकार हुन सक्छ।

यस वेब साइटमा प्रयोगकर्ताले दिएको निजी जानकारी जुन उद्देश्‍यले मागिएको हो, त्यसबाहेक अन्य उद्देश्‍यको लागि प्रयोग गरिनेछैन। यी उद्देश्‍यहरू निम्न छन्‌:

खाता: तपाईँले यस वेबसाइटमा खाता बनाउनुहुँदा दिनुभएको इमेल ठेगाना यस खातासित सम्बन्धित कुनै कामको लागि तपाईँसित सम्पर्क गर्न प्रयोग गरिनेछ। उदाहरणको लागि, तपाईँले आफ्नो प्रयोगकर्ताको नाम वा पासवर्ड बिर्सनुभयो अनि लगइन गर्न मदत माग्नुहुँदा तपाईँको प्रोफाइलमा भएको इमेल ठेगानामा जानकारी पठाइनेछ।

आवेदन: यदि तपाईँ यहोवाको साक्षी हुनुहुन्छ र यहोवाका साक्षीहरूले निर्धारण गरेको नीतिसँग सहमत हुनुहुन्छ भने आफ्नो खाता खोल्न र कुनै आवेदन पेस गर्न यो वेबसाइट प्रयोग गर्न सक्नुहुन्छ वा तपाईँको तर्फबाट मण्डलीले थप धार्मिक सेवाको लागि कुनै आवेदन पेस गरिदिन यो वेबसाइट प्रयोग गर्न सक्छ। आवेदनमा समावेश भएको तपाईँको व्यक्‍तिगत जानकारी तपाईँ आफैले अथवा स्थानीय एल्डरहरूले वा स्थानीय क्षेत्रीय निरीक्षकले पेस गरेको विवरण हुन सक्छ। प्रक्रिया अघि बढाउन र तपाईँको आवेदनबारे विचार गर्न अनि सम्बन्धित प्रशासनिक काम, जसमा आवेदन प्रक्रियाको दौडान तपाईँको प्रोफाइल बनाउने काम पनि समावेश छ, त्यसको लागि ती प्राप्त जानकारी प्रयोग गरिनेछ। तपाईँको आवेदनको प्रक्रिया अघि बढाउन तपाईँले दिनुभएको जानकारी अन्य शाखालाई, यहोवाका साक्षीहरूको विश्‍व मुख्यालयलाई वा यहोवाका साक्षीहरूसित सम्बन्धित विभिन्‍न देशमा रहेका अन्य त्यस्तै संस्थाहरूलाई पठाउनुपर्ने हुन सक्छ। यी सबै अवस्थामा आवेदनहरूलाई एक-एक गरी जाँच गरिन्छ र यससम्बन्धी निर्णय स्वचालित कम्प्युटर प्रणालीद्वारा गरिँदैन।

अनुदान: अनलाइनमार्फत अनुदान दिनुभयो भने हामी तपाईँको नाम र सम्पर्क ठेगाना सङ्‌कलन गर्छौँ। तपाईँहरूले क्रेडिट कार्डमार्फत दिनुहुने अनुदान प्राप्त गर्न विश्‍व मान्यता प्राप्त सुरक्षा नीति अनि जानकारी गोप्य राख्ने नीति लागू गरिएको अनलाइन सेवाहरू प्रयोग गरिन्छ। तपाईँको अनुदान प्राप्त गर्न हामीलाई तपाईँको आर्थिक जानकारी आवश्‍यक पर्न सक्छ, जस्तै: तपाईँको क्रेडिट कार्ड नम्बर र खाता नम्बर अनि प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आवश्‍यक जानकारी प्रदान गर्नुपर्ने हुन सक्छ। तपाईँको अनुदान सुरक्षितसाथ प्राप्त होस्‌ भनेर हामी क्रेडिट कार्डसम्बन्धी निर्धारण गरिएको सुरक्षा स्तर (Payment Card Industry Data Security Standard) अपनाउँछौँ। अनुदान प्राप्त गर्ने पक्षले आफ्नो वैद्य अधिकार वा सम्बन्धित कानुनी दायराभित्र रहेर आवश्‍यकताअनुसार आर्थिक कारोबारको रेकर्ड राख्नेछ। यो रेकर्डमा अनुदान दिइएको मिति, अनुदान दिइएको रकम अनि अनुदान दिइएको प्रक्रिया समावेश हुनेछ। यसो गर्दा लेनदेनसम्बन्धी तोकिएको स्तर पनि पूरा हुनेछ अनि त्यस दौडान तपाईँहरूले सोध्नुभएको प्रश्‍नको जवाफ दिन पनि सजिलो हुनेछ। हामी थप अनुदान माग्न तपाईँहरूलाई सम्पर्क गर्नेछैनौँ।

थप जानकारी वा बाइबल अध्ययनको अनुरोध: तपाईँले हाम्रो वेबसाइटमार्फत थप जानकारी प्राप्त गर्न वा बाइबल अध्ययनको लागि अनुरोध गर्न सक्नुहुन्छ। तपाईँले जुन उद्देश्‍यको लागि निजी जानकारी प्रदान गर्नुभएको थियो, त्यसको लागि मात्र ती जानकारी प्रयोग गर्नेछौँ। अनुरोधअनुसार गर्न तपाईँको जानकारी अन्य शाखालाई वा यहोवाका साक्षीहरूसित सम्बन्धित विभिन्‍न देशमा रहेका संस्थाहरूलाई पठाउनुपर्ने हुन सक्छ।

अन्य उद्देश्‍य: तपाईँले निजी जानकारी (जस्तै: नाम, ठेगाना वा टेलिफोन नम्बर) खाता खोल्नु, आवेदन पेस गर्नु वा अनुदान दिनुबाहेक अन्य उद्देश्‍यले पनि प्रदान गर्न सक्नुहुन्छ। हरेक पटक तपाईँले हामीलाई जानकारी दिनुपर्ने उद्देश्‍यबारे स्पष्टसित बताइनेछ। तपाईँले जानकारी दिनुहुँदा उद्देश्‍य स्पष्ट छैन भने ती जानकारी प्रयोग गर्नेछैनौँ।

तपाईँले निजी जानकारी जुन उद्देश्‍यको लागि प्रयोग गर्ने अनुमति दिनुभएको थियो, त्यसको लागि मात्र ती जानकारी सङ्‌कलन गर्छौँ, जम्मा गरेर राख्छौँ र प्रयोग गर्छौँ। ती उद्देश्‍य वा लागू हुने कानुनी उद्देश्‍य पूरा नहोउन्जेलसम्म मात्र तपाईँको जानकारी राख्छौँ। यी अवस्थाहरूमा हामीले माग गरेको कुनै जानकारी उपलब्ध गराउन चाहनुहुन्‍न भने यस साइटको कुनै-कुनै भाग खोल्न सक्नुहुनेछैन वा तपाईँको अनुरोधअनुसार काम गर्न सकिनेछैन।

तपाईँको अनुरोध वा आवेदनमा समावेश गरिएको जानकारीमा त्यसको उद्देश्‍य पूरा गर्नको लागि प्रक्रिया अघि बढाउने व्यक्‍तिहरूले र/वा प्राविधिक प्रणालीसित सम्बन्धित काम गर्ने र त्यसको रेखदेख गर्ने प्राविधिक सहायकले पहुँच पाउनेछन्‌। हामी तपाईँको निजी जानकारी अरू कसैलाई उपलब्ध गराउने छैनौँ। तर यी अवस्थाहरूमा तपाईँको जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ: (१) तपाईँले माग गर्नुभएको कुनै सेवा उपलब्ध गराउन तपाईँलाई पूर्वजानकारी दिएको खण्डमा; (२) कुनै कानुनी माग पूरा गर्न तपाईँको निजी जानकारी उपलब्ध गराउनु आवश्‍यक छ भन्‍ने कुरा यकिन भएमा; (३) कानुन कार्यान्वयन निकायको माग पूरा गर्नु परेमा (४) कुनै जालसाजीबाट जोगिन वा सुरक्षा र प्रविधिसम्बन्धी कुनै समस्या पत्ता लगाउन आवश्‍यक परेमा। तपाईँले यो वेबसाइट चलाउनुको मतलब माथिका उद्देश्‍यहरूको लागि आफ्नो निजी जानकारी तेस्रो पक्षलाई उपलब्ध गराउने अनुमति दिइरहनुभएको हुनेछ। तपाईँको निजी जानकारी कुनै पनि हालतमा बेचिनेछैन, सट्टापट्टा गरिनेछैन वा भाडामा दिइनेछैन।

जानकारी अर्को देशमा पठाउने

यस धार्मिक सङ्‌गठनले विभिन्‍न स्थानीय संस्थाहरूमार्फत विश्‍वव्यापी तवरमा आफ्नो काम सञ्चालन गर्छ। यस वेबसाइटलाई होस्ट गर्ने केही सर्भरहरू संयुक्‍त राज्य अमेरिकामा छन्‌। हामी तपाईँको जानकारी तपाईँ बसोबास गरिरहनुभएको देशभन्दा अन्त पठाउन सक्छौँ; तीमध्ये कुनै-कुनै देशहरूमा जानकारी सुरक्षासम्बन्धी स्तर तपाईँ हाल बसोबास गरिरहनुभएको देशको भन्दा फरक हुन सक्छ। तपाईँको निजी जानकारीसित सम्बन्धित काम गर्दा वा अन्यत्र पठाउँदा हामी जानकारी सुरक्षित राख्न तयार पारिएका सुरक्षा नीतिहरू पालन गर्छौँ। हामी यहोवाका साक्षीहरूको सङ्‌गठनसित आबद्ध अनि यस सङ्‌गठनको कामलाई टेवा पुऱ्‍याइरहेका सबै संस्थाले निजी जानकारीको सुरक्षासम्बन्धी हाम्रो नीति पालन गरेको आशा गर्छौँ।

यस वेबसाइट चलाउनुहुँदा र हामीसित इलेक्ट्रोनिक माध्यमद्वारा कुराकानी गर्नुहुँदा जानकारी सीमापारि पठाउने यी नीतिहरूसित तपाईँ सहमत हुनुहुन्छ भन्‍ने देखिन्छ।

तपाईँको अधिकार

निजी जानकारी सम्बन्धी प्रक्रिया अघि बढाउँदा तपाईँको निजी जानकारी जुन उद्देश्‍यको लागि सङ्‌कलन गरिएको थियो, त्यसअनुरूप सही र अप-टु-डेट राख्न हामी हरेक पटक आवश्‍यक कदम चाल्छौँ। तपाईँ बसोबास गर्ने देश र लागू हुने जानकारीको सुरक्षासम्बन्धी स्थानीय नियमअनुसार तपाईँले हामीलाई प्रदान गर्नुभएको निजी जानकारीको सन्दर्भमा निम्न अधिकार पाउन सक्नुहुन्छ:

  • तपाईँले आफ्नो निजी जानकारीको सङ्‌कलन र प्रयोगबारे थाह पाउन लागू भएको स्थानीय नियमअनुसार जानकारी माग्न सक्नुहुन्छ।

  • निजी जानकारी अपूरो वा गलत छ भने तपाईँले त्यो हेर्न, ब्लक गर्न, मेट्‌न वा सच्याउन अनुरोध गर्न सक्नुहुन्छ।

  • तपाईँसित निजी जानकारीको प्रक्रिया अघि बढाउन रोक लगाउन सक्ने कानुनी आधार छ भने प्रक्रिया अघि नबढाउन हामीलाई अनुरोध गर्न सक्नुहुन्छ।

यदि तपाईँ बसोबास गरिरहनुभएको देशमा जानकारी सुरक्षित राख्ने आवश्‍यक कानुन छ र तपाईँ आफ्नो निजी जानकारी हेर्न, सच्याउन वा मेट्‌न चाहनुहुन्छ भने तपाईँ ‘जानकारी सुरक्षा सम्पर्क’ पेजमा गएर सम्पर्क ठेगानाबारे पत्ता लगाउन सक्नुहुन्छ।

तपाईँले पठाउनुभएको लिखित आवेदन प्राप्त गरेपछि, आफ्नो परिचयबारे प्रशस्त प्रमाण पेस गर्नुभएपछि अनि तपाईँको निजी जानकारीको पहिचान गर्न आवश्‍यक जानकारी प्रदान गर्नुभएपछि सम्बन्धित जानकारी सङ्‌कलकले तपाईँको आवेदन राम्रोसित पुनरावलोकन गर्छ। तपाईँले कुन मनसायले जानकारी सच्याउने वा मेट्‌ने वा हेर्ने अधिकार पाउन खोज्नुभएको हो, पक्का गर्छ। साथै तपाईँको आग्रहलाई स्विकार्दा सङ्‌गठनको धार्मिक स्वतन्त्रता र चलनसम्बन्धी हक-अधिकार जोखिमा पर्न सक्छ भन्‍ने कुरा पनि तिनले विचार गर्छन्‌। त्यसपछि तपाईँलाई अनुमति दिइन सक्छ। केही परिवर्तन गर्नुपरेमा हामीले जानकारी प्राप्त गर्ने तेस्रो पक्षलाई पनि त्यसबारे जानकारी दिनेछौँ।

कृपया याद गर्नुहोस्‌, नियमले माग गरेअनुसार तपाईँको जानकारीको प्रक्रिया अघि बढाउनुपऱ्‍यो भने वा अन्य कानुनी कारणले जानकारी राख्नुपऱ्‍यो भने तपाईँको जानकारी मेटिनेछैन। उदाहरणको लागि, यो धार्मिक सङ्‌गठन कुनै व्यक्‍ति यहोवाको साक्षी भएको हकमा तिनको जानकारी स्थायी रूपमा राख्न चाहन्छ। यस्तो जानकारी मेटाउनु भनेको विनाकारण यस सङ्‌गठनको धार्मिक विश्‍वास र चलनको विपरीत जानु हो। निजी जानकारी मेटाउने आग्रह हामीले पालन गर्नुपर्ने कानुनी प्रक्रिया वा संस्थाको नीतिमा निहित हुन्छ। तपाईँले हामीलाई यस वेबसाइटमार्फत प्रदान गर्नुभएको जानकारीको प्रक्रियासम्बन्धी स्थानीय जानकारी सुरक्षा अधिकारीलाई गुनासो पेस गर्न पनि सक्नुहुन्छ।