सीधै सामग्रीमा जाने

कुकीज्‌ र त्यस्तै अरू प्रविधिको प्रयोगबारे विश्‍वव्यापी नीति

कुकीज्‌ र त्यस्तै अरू प्रविधिको प्रयोगबारे विश्‍वव्यापी नीति

अन्य वेबसाइट चलाउँदा जस्तै यो वेबसाइट चलाउँदा पनि कुकीज्‌, वेब बिकन्स र त्यस्तै अरू प्रविधिमार्फत तपाईँको मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटरको हार्ड ड्राइभमा केही जानकारी सेभ हुन्छ। यस नीतिमा प्रयोग भएको “कुकीज्‌” शब्दले ठूलो क्षेत्र ढाक्छ अनि यसमा “लोकल स्टोरेज” (localStorage) जस्तै प्रविधि पनि समावेश छ। कुकीज्‌ले यो वेबसाइटलाई काम गर्न मदत गर्छ अनि प्रयोगकर्ताले हाम्रो साइटको कुन विशेषता चलाउँछन्‌, त्यसबारे जानकारी दिन्छ। यो जानकारी पाएर हामी यो साइटमा सुधार ल्याउँछौँ। हामी यस वेबसाइटको प्रयोगकर्ता को-को हुन्‌ भनेर पत्ता लगाउन खोज्दैनौँ। तर कसैले स्वेच्छाले हाम्रो कुनै फारम भरेमा अथवा वेबसाइटको निवेदनमार्फत आफ्नो सम्पर्क ठेगाना प्रदान गरेमा मात्र तिनीहरूको निजी जानकारी सङ्‌कलन गर्छौँ।

कुकीज्‌: कुकीज्‌ थुप्रै प्रकारका हुन्छन्‌ र यसले गर्ने काम पनि विभिन्‍न हुन्छ। कुनै वेबसाइट चलाउँदा सजिलो होस्‌ भनेर यस्ता कुकीज्‌ राखिएका हुन्छन्‌। कुकीज्‌को मदतद्वारा तपाईँले हाम्रो वेबसाइट पहिला चलाउनुभएको छ वा छैन भनेर थाह पाउन अनि तपाईँले छनौट गर्नुभएका प्राथमिकताहरू सम्झन हामीलाई मदत मिल्छ। जस्तै: तपाईँले वेबसाइटमा छनौट गर्नुभएको भाषा कुकीमा स्टोर हुने भएकोले तपाईँले फेरि त्यो वेबसाइट चलाउँदा उक्‍त भाषामै खुल्नेछ। हामी विज्ञापन गर्नको लागि कुकीज्‌ प्रयोग गर्दैनौँ।

यस वेबसाइटमा प्रयोग गरिएका कुकीज्‌ तीन भागमा विभाजन गर्न सकिन्छ:

  1. अति आवश्‍यक कुकीज्‌: यस्ता कुकीज्‌ हाम्रो वेबसाइटको खास पक्षहरू प्रयोग गर्न जस्तै: प्रवेश गर्न अथवा फाराम भर्नका लागि आवश्‍यक हुन्छ। यस्ता कुकीज्‌ बिना तपाईँले कुनै-कुनै सेवा प्राप्त गर्न सक्नुहुन्‍न। जस्तै: अनुदान दिने सेवा। इन्टरनेट चलाउँदै हुनुहुन्छ भने (browser session को बेला) यी कुकीज्‌को सहायताले तपाईँले माग गर्नुभएको सेवा प्रदान गर्न पनि सजिलो हुन्छ। मार्केटिङ गर्न अथवा तपाईँले इन्टरनेटमा के चलाउनुभयो भनी सम्झनको लागि यस कुकीज्‌ले तपाईँको जानकारी संकलन गर्दैन।

  2. उपयोगी कुकीज्‌: वेबसाइटमा तपाईँले छनौट गर्नुभएका कुराहरू (जस्तै: प्रयोगकर्ताको नाम, भाषा, ठाउँ आदि) याद गर्नको लागि यो कुकीज्‌को प्रयोग हुन्छ अनि यसले गर्दा तपाईँलाई उक्‍त वेबसाइटमा काम गर्न पनि सहज हुन्छ।

  3. विश्‍लेषणात्मक कुकीज्‌: प्रयोगकर्ताहरूले यो वेबसाइट कसरी चलाउँछन्‌ भन्‍ने कुराको जानकारी राख्न जस्तै: कति जनाले यो वेबसाइट हेरे, कति समय हेरे, त्यो कुरा थाह पाउन यो कुकीज्‌को प्रयोग गरिन्छ। अनि यस कुकीज्‌मा भएका जानकारी यो वेबसाइटको सुधार गर्न प्रयोग गरिन्छ।

हाम्रो वेबसाइटले तयार पारेका धेरैजसो कुकीज्‌हरू पहिलो पक्षले प्रयोग गर्ने कुकीज्‌हरू हुन्‌। केही कुकीज्‌हरू भने तेस्रो पक्षले प्रयोग गर्ने कुकीज्‌हरू हुन्‌, जुन अर्कै वेबसाइटहरूले तयार पारेका हुन्‌। हामीले प्रयोग गर्ने कुकीज्‌हरूको उदाहरणको सूचीमा तेस्रो पक्षले प्रयोग गर्ने कुकीज्‌हरू सजिलै चिन्‍न सकिन्छ।

वेब बिकन्स: हाम्रो वेबसाइटको पृष्ठहरूमा सानो इलेक्ट्रोनिक फाइलहरू हुन सक्छ। जसलाई वेब बिकन्स (web beacons) भनिन्छ। यसले केही कुराको रेकर्ड राख्न जस्तै: तपाईँले कुन पृष्ठ कहिले खोल्नुभयो भन्‍ने रेकर्ड राख्न मदत गर्छ। यो वेबसाइट कसरी प्रयोग भइरहेको छ अनि राम्ररी चलिरहेको छ कि छैन भनेर निगरानी गर्न वेब बिकन्सको प्रयोग गरिन्छ।

आइ पी एड्रेसको प्रयोग: इन्टरनेटमा तपाईँको कम्प्युटरलाई चिनाउने सङ्‌ख्या कोडलाई आइ पी एड्रेस (IP address) भनिन्छ। यो वेबसाइट कसरी प्रयोग भइरहेको छ, थाह पाउन, यसमा देखा परेका समस्या पत्ता लगाउन अनि यसले प्रदान गर्ने सेवामा सुधार गर्न हामी तपाईँको आइ पी एड्रेस र ब्राउजर प्रयोग गर्छौं। तर तपाईँले थप जानकारी नदिएसम्म तपाईँको आइ पि एड्रेसले तपाईँलाई व्यक्‍तिगत रूपमा चिनाउँदैन।

तपाईँको छनौट: तपाईँले यो वेबसाइट चलाउनुहुँदा हाम्रो कुकीज्‌ तपाईँको वेब ब्राउजरमा पठाइन्छ र त्यो तपाईँको कम्प्युटरमा स्टोर हुन्छ। हाम्रो वेबसाइट प्रयोग गर्नुहुँदा कुकीज्‌ र त्यस्तै अरू प्रविधिको प्रयोगलाई स्विकार्नुभएको देखिन्छ। तपाईँ त्यसलाई हटाउन चाहनुहुन्छ भने तपाईँको ब्राउजरको सेन्टिङमा गएर हटाउन सक्नुहुन्छ। तर याद गर्नुहोस्‌, कुकीज्‌विना हाम्रो वेबसाइटको सबै विशेषताबाट पूरा लाभ उठाउन सक्नुहुन्‍न। कुकीज्‌ हटाउने प्रक्रिया ब्राउजरअनुसार फरक-फरक हुन्छ। विस्तृत निर्देशनको लागि “मदत मेनु”-मा (Help menu) जान सक्नुहुन्छ।

तलको वेबसाइटमध्ये एउटामा जानुहोस्‌ र त्यस साइटको कुकीज्‌को प्रयोगको नमुना हेर्नुहोस्‌।

हाम्रा केही वेबसाइटले प्रयोग गर्ने कुकीज्‌ र त्यस्तै अरू प्रविधि पनि हेर्नुहोस्‌।