सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

JW लाइब्रेरी

प्रकाशन कसरी डाउनलोड गर्ने—एन्ड्रोइड

प्रकाशन कसरी डाउनलोड गर्ने—एन्ड्रोइड

JW लाइब्रेरी-मा थुप्रै किताब, पुस्तिका, पर्चा र भिडियो अफलाइन पढ्‌न र हेर्न सक्नुहुन्छ।

प्रकाशन डाउनलोड गर्न तल दिइएको निर्देशन पछ्याउनुहोस्‌:

 प्रकाशन डाउनलोड गर्नुहोस्‌

अफलाइन पढ्‌न र अध्ययन गर्न तपाईं आफूले चाहेजति प्रकाशन डाउनलोड गर्न सक्नुहुन्छ।

  • नेभिगेसन ड्रयर खोल्नुहोस्‌ अनि प्रकाशनहरूको सूची हेर्न प्रकाशनहरू ट्याबमा जानुहोस्‌।

  • अरू भाषामा उपलब्ध भएका प्रकाशनहरू हेर्न भाषा बटन थिच्नुहोस्‌ र भाषाहरूको सूची हेर्नुहोस्‌। आफूलाई चाहिएको भाषा छान्‍नुहोस्‌। तपाईंले धेरैजसो प्रयोग गर्ने भाषा सूचीको सबैभन्दा माथि देखिन्छ। भाषाको नाम टाइप गरेर पनि सूचीमा भएको भाषा खोज्न सक्नुहुन्छ।

JW लाइब्रेरी-मा प्रकाशनहरू खोज्ने अरू पनि केही तरिका छन्‌।

प्रकाशनको प्रकार भन्‍ने भागमा तपाईंले खोज्नुभएको भाषाका प्रकाशनहरू किसिमअनुसार छुट्ट्याइएको हुन्छ। जस्तै: किताब, पर्चा वा भिडियो। यसमध्ये कुनै एउटा छान्‍नुभयो भने अझ थप सामग्री छनौट गर्न सक्नुहुन्छ। जस्तै: वर्षअनुसार छुट्ट्याइएका प्रहरीधरहरा वा विभिन्‍न भिडियोहरू। फेरि प्रकाशनहरूको सूचीमा जान सबै प्रकार ट्याब थिच्नुहोस्‌।

नयाँ के थपियो भन्‍ने भागमा तपाईंले हेर्नुभएको भाषामा हालै विमोचन भएका नयाँ प्रकाशनहरू पाइन्छ।

डाउनलोड नगरेका प्रकाशनहरूमा बादल चिन्ह हुन्छ। डाउनलोड गर्न त्यो प्रकाशन थिच्नुहोस्‌। तपाईंको मोबाइल वा ट्याब्लेटमा प्रकाशन डाउनलोड भएपछि बादल चिन्ह हट्‌छ। प्रकाशन पढ्‌नको लागि फेरि त्यही प्रकाशनमा थिच्नुहोस्‌।

डाउनलोड गरिएको भन्‍ने भागमा तपाईंले डाउनलोड गर्नुभएको सबै भाषाका प्रकाशनहरू देखिन्छ। यो सूची अक्सर प्रयोग गरिएको वा थोरै प्रयोग गरिएको प्रकाशनअनुसार वा सबैभन्दा ठूलो साइजअनुसार मिलाउन सक्नुहुन्छ।

प्रकाशन हटाउनुहोस्‌

 कुनै प्रकाशन नचाहिएमा वा स्टोरेज स्पेस्‌ खाली गर्नुपरेमा प्रकाशन हटाउन पनि सक्नुहुन्छ।

नेभिगेसन ड्रयर खोल्नुहोस्‌ र प्रकाशनहरू थिच्नुहोस्‌, त्यसपछि प्रकाशनहरूको सूची हेर्न प्रकाशनका प्रकारमा थिच्नुहोस्‌ (जस्तै: किताबहरू)। प्रकाशन हटाउनको लागि त्यस प्रकाशनको तीन वटा ठाडो थोप्ला भएको बटन थिच्नुहोस्‌; त्यसपछि मेटाउने बटन थिच्नुहोस्‌।

स्टोरेज स्पेस्‌ खाली गर्नुपरेमा कम प्रयोग हुने वा ठूलो साइजको प्रकाशन हटाउन सक्नुहुन्छ। यसो गर्न डाउनलोड गरिएको भन्‍ने भागमा जानुहोस्‌; त्यसपछि थोरै प्रयोग गरिएको प्रकाशनअनुसार वा सबैभन्दा ठूलो साइजअनुसार सूची मिलाउनुहोस्‌। तपाईंलाई नचाहिने प्रकाशनहरू मेटाउनुहोस्‌।

प्रकाशन अपडेट गर्नुहोस्‌

 तपाईंले डाउनलोड गर्नुभएको प्रकाशन समय-समयमा अपडेट गर्नुपर्ने हुन सक्छ।

अपडेट गर्नुपर्ने प्रकाशनमा रिफ्रेस चिन्ह देखिन्छ। अपडेट भएको प्रकाशन खोल्दा अपडेट उपलब्ध छ भन्‍ने मेसेज देखा पर्छ। अपडेट गर्न डाउनलोड गर्ने बटन थिच्नुहोस्‌ वा पहिलाकै प्रकाशन पढ्‌न चाहनुहुन्छ भने पछि बटन थिच्नुहोस्‌।

तपाईंले डाउनलोड गर्नुभएको कुनै प्रकाशन अपडेट भएको छ कि भनेर हेर्न नेभिगेसन ड्रयरको प्रकाशनहरू ट्याबमा जानुहोस्‌। अपडेट भएको प्रकाशन छ भने अपडेट गर्न बाँकी भन्‍ने भाग देखा पर्छ। अपडेट गर्न बाँकी प्रकाशनहरूको सूची हेर्न अपडेट गर्न बाँकी ट्याबमा जानुहोस्‌। कुनै प्रकाशन अपडेट गर्न त्यो प्रकाशनमा थिच्नुहोस्‌ वा सबै प्रकाशन अपडेट गर्न चाहनुहुन्छ भने माथि दायाँपट्टि भएको बाण चिन्ह थिच्नुहोस्‌।

फेब्रुअरी २०१५ मा JW लाइब्रेरी १.४ मा यो विशेषता विमोचन भयो। यो विशेषता एन्ड्रोइड २.३ वा त्यसपछिको भर्सनमा चलाउन सकिन्छ। यदि तपाईंले यो विशेषता देख्नु भएन भने “JW लाइब्रेरी प्रयोग गर्न थाल्नुहोस्‌—एन्ड्रोइड” अन्तर्गत नयाँ विशेषताहरू भन्‍ने भागमा दिइएका निर्देशन पछ्याउनुहोस्‌