सीधै सामग्रीमा जाने

कानुनी सूचना

कानुनी सूचना

प्रतिलिपि अधिकार

©2014 Watch Tower Bible and Tract Society of Pennsylvania, Inc. सर्वाधिकार सुरक्षित।

यो वेबसाइट प्रकाशन गर्ने तथा वेबसाइटमा कुनै पनि छाँटकाँट गर्ने काम Watchtower Bible and Tract Society of New York, Inc. (“वाचटावर”) ले गर्दछ। अन्यथा उल्लिखित नभए यस वेबसाइटमा भएका सम्पूर्ण लेख तथा अन्य जानकारी Watch Tower Bible and Tract Society of Pennsylvania का बौद्धिक सम्पत्ति हुन्‌।

ट्रेडमार्क

एडोबी, एडोबी लोगो, एक्रोब्याट तथा एक्रोब्याट लोगो एडोबी सिस्टम्स इन्कर्पोरेटेडका (Adobe Systems Incorporated) ट्रेडमार्क हुन्‌। आइट्युन्स र आइपड एप्पल इन्कर्पोरेटेडका (Apple Inc.) ट्रेडमार्क हुन्‌। अन्य सबै ट्रेडमार्कहरू तथा दर्ता गरिएका ट्रेडमार्कहरू सम्बन्धित संस्थाका सम्पत्ति हुन्‌।

वेबसाइटको प्रयोग सम्बन्धी नियम तथा सर्तहरू र वेबसाइट चलाउनको लागि अनुमति

तपाईंले यो वेबसाइट चलाउँदा यहाँ दिइएका प्रयोग सम्बन्धी नियम तथा सर्तहरू पालन गर्नुपर्छ। यो वेबसाइट चलाउँदा तपाईंले ती नियम तथा सर्तहरूलाई पूर्ण रूपमा स्वीकार्नुभएको हुनेछ। यदि तपाईं यहाँ दिइएका प्रयोग सम्बन्धी नियम तथा सर्तहरूसित अथवा ती नियम तथा सर्तहरूको कुनै भागसित सहमत हुनुहुन्‍न भने यो वेबसाइट प्रयोग नगर्नुहोस्‌।

यो वेबसाइटको उचित प्रयोग गर्नुमा के-के समावेश छ? तपाईंले यो वेबसाइटबाट व्यक्‍तिगत प्रयोगका लागि अथवा गैर-व्यापारिक प्रयोजनका लागि प्रतिलिपि अधिकारद्वारा सुरक्षित चित्र, इलेक्ट्रोनिक प्रकाशन, सङ्‌गीत, तस्वीर, अक्षर, भिडियो (“सामग्री”) हेर्न, डाउनलोड गर्न र छाप्न सक्नुहुन्छ। तर यसो गर्दा तपाईंले तल दिइएका अथवा प्रयोग सम्बन्धी नियम तथा सर्तहरूको अन्य कुनै भागमा दिइएका नियम पालन गर्नुपर्नेछ:

  • यस वेबसाइटको सामग्री इन्टरनेटमा (जुनसुकै वेबसाइट, फाइल सेयरिङ साइट अथवा सोसियल नेटवर्क) पोस्ट गर्न पाइनेछैन।

  • यस वेबसाइटको सामग्री कुनै सफ्टवेयर एप्लिकेसनसित वा एप्लिकेसनको भागको रूपमा पुनः प्रकाशित गर्न पाइनेछैन।

  • यस वेबसाइटको सामग्री व्यापारिक प्रयोजनको लागि (मुनाफा नलिईकन समेत) पुनः उत्पादन गर्न, नक्कल गर्न, प्रतिलिपि बनाउन वा अरू कुनै तरिकामा प्रयोग गर्न पाइनेछैन। साथै यस वेबसाइटमा आधारित, यस वेबसाइटसित जोडिएको वा यसको लिङ्‌क भएको (चाहे स्ट्याटिक होस्‌ वा डाइनामिक) कम्प्यूटर एप्लिकेसन वितरण गर्न पाइनेछैन।

  • कुनै पनि किसिमको प्रणाली, प्रविधि चाहे त्यो स्वचालित होस्‌ वा प्रत्यक्ष, प्रयोग गरेर यस वेबसाइटको वा यसमा भएका जानकारी सङ्‌कलन गर्न (वेब स्क्य्रापिङ, डाटा माइनिङ, डाटा एक्सट्रयाक्सन, डाटा हारभेस्टिङ) सोर्स कोड, साधन वा तरिकाहरू उत्पादन वा वितरण गर्ने उद्देश्‍यले यो वेबसाइट चलाउन पाइनेछैन।

  • यो वेबसाइट अथवा यसका सेवाहरूको दुरुपयोग गर्न पाइने छैन। जस्तै: स्पष्ट उल्लिखित तरिकाबाहेक अन्य तरिकामा यो वेबसाइट र यसका सेवाहरू चलाउन वा त्यसमा बाधा पुऱ्‍याउन पाइनेछैन।

  • यो वेबसाइटलाई क्षति पुग्ने वा पुऱ्‍याउने, यसको प्रयोगमा वा यो वेबसाइटमा प्रवेश गर्न बाधा पुऱ्‍याउने वा पुऱ्‍याउन सक्ने तरिकामा यो वेबसाइट चलाउन पाइने छैन। साथै अवैध, गैर-कानुनी, जालसाजी वा हानिकारक तरिकामा अथवा अवैध, गैर-कानुनी जालसाजी वा हानिकारक उद्देश्‍य वा कामको लागि यो वेबसाइट चलाउन निषेध छ।

  • कुनै पनि किसिमको व्यापारिक प्रयोजनको लागि यो वेबसाइट चलाउन पाइने छैन।

वेबसाइटको प्रयोग सम्बन्धी नियम तथा सर्तहरूको उल्लङ्‌घन

वाचटावरको अरू अधिकारलाई क्षति पुऱ्‍याउने कुनै मनसाय नभए तापनि यदि तपाईंले यहाँ उल्लिखित नियम तथा सर्तहरू कुनै तरिकामा उल्लङ्‌घन गर्नुभयो भने वाचटावरले आफूलाई उचित लागेबमोजिम कारबाही गर्नेछ। जस्तै: केही समयको लागि तपाईंलाई यो वेबसाइट चलाउन नदिने, तपाईंलाई सधैंका लागि यो वेबसाइट चलाउन निषेध गर्ने, तपाईंको आइपी ठेगाना प्रयोग गर्ने कम्प्युटरलाई यस वेबसाइटमा एक्सेस गर्न नदिन ब्लक गर्ने, तपाईंको इन्टरनेट सेवा प्रदायकलाई सम्पर्क गरी तपाईंलाई हाम्रो वेबसाइट प्रयोग गर्न निषेध गर्न आग्रह गर्ने र/अथवा तपाईंविरुद्ध कानुनी कारबाही अघि बढाउने।

संशोधन

वाचटावरले समय-समयमा वेबसाइटको प्रयोग सम्बन्धी नियम तथा सर्तहरू संशोधन गर्न सक्छ। संशोधित नियम तथा सर्तहरू यस वेबसाइटमा प्रकाशित गरिएको मितिदेखि नै लागू हुनेछ। त्यसैले यो पृष्ठ नियमित रूपमा पढ्‌नुहोस्‌ र वेबसाइटको प्रयोग सम्बन्धी नियम तथा सर्तहरूमा भएका परिवर्तनहरूबारे जानकारी राख्नुहोस्‌।

कानुन र क्षेत्राधिकार

यहाँ दिइएका वेबसाइटको प्रयोग सम्बन्धी नियम तथा सर्तहरू अमेरिकाको न्यु योर्क राज्यको कानुनअनुसार अर्थ्याइने र लागू गरिनेछ। कुनै पनि विवाद उत्पन्‍न भएमा सो राज्यको कानुनको मान्यता सबैभन्दा माथि रहनेछ। वेबसाइटको प्रयोग सम्बन्धी नियम तथा सर्तहरूविरुद्ध कुनै कानुनी कारबाही अघि बढाउनु परेमा अमेरिकाको न्यु योर्क राज्यको क्षेत्राधिकारमा पर्ने राज्य वा सङ्‌घीय अदालतमा कारबाही अघि बढाइनेछ।

पृथक्करण

यहाँ दिइएका नियम तथा सर्तहरूमध्ये कुनै एउटालाई उस्तै क्षेत्राधिकार भएको कुनै अदालतले रद्द गरेमा अथवा अवैधानिक, लागू गर्न नसकिने वा गैर-कानुनी ठहर गरेमा अरू नियम तथा सर्तहरू भने लागू भइरहनेछ। वाचटावरले यहाँ दिइएका नियम तथा सर्तहरूमध्ये कुनै एउटालाई तत्काल लागू गर्न सकेन भने वाचटावरले सो नियम वा सर्त लागू गर्न छोड्यो अथवा सो नियम वा सर्त लागू गर्ने वाचटावरको अधिकार समाप्त भयो भन्‍ने अर्थ लाग्ने छैन।

समग्र सम्झौता

यहाँ दिइएका नियम तथा सर्तहरूले यो वेबसाइट चलाउने सन्दर्भमा तपाईं र वाचटावरबीचको सम्पूर्ण सम्झौतालाई ढाक्छ र यो वेबसाइट चलाउने सन्दर्भमा पहिले भएका सम्पूर्ण सम्झौताहरूलाई रद्द गर्छ।